राजनीति

चुनावी गठबन्धनका लागि दलहरूलाई चटारो

काठमाडौं । आगामी मंसिर ४ गते हुने संघिय र प्रदेशको निर्वाचनका लागि चुनावमा तालमेल गर्न राजनैतिक दलहरुको दौडधुप सुरु भएको छ । सत्तारुढ पाँच दलबीच चुनावमा तालमेल हुने भएसँगै अन्य दल पनि यतिबेला गठबन्धनका लागि पहल गरिरहेका छन् ।

राप्रपाले पनि गठबन्धनका लागि पहल गर्ने भएको छ । यसका लागि अध्यक्ष राजेन्द्र लिङदेनलाई पार्टीले जिम्मेवारी दिएको छ । यता जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गठबन्धनबारे छलफल गरेका छन् ।