झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन काम नलाग्ने झुसे बारुला भएको बताएका छन् । निरङ्कुश राजतन्त्र फाल्ने एमालेलाई गठबन्धनले केही पनि गर्न नसक्ने भन्दै ओलीले अरिंगाल र बच्छ्युँ खाने एमालेलाई झुसे बारुलाले जस्तो सुकै गठबन्धन गरे पनि केही फरक नपार्ने बताए ।

अखिल नेपाल महिला संघ झापाको नवौँ जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दैै पूर्व प्रधामन्त्रीसमेत रहेका ओलीले स्वार्थका लागि जस्तो सुकै गठबन्धन गरे पनि आगामी निर्वाचनमा एमालेले एक्लैले बहुमत ल्याउने दाबी गरेका छन् ।
झापा विद्रोहको भूमि भएकोले त्यो सन्देश झापाली महिलाले आउने निर्वाचनमा दिनुपर्ने ओलीले बताए । नारी शक्ति उठेर सबै खाले गठबन्धनलाई परास्त गर्नुपर्नेमा जोड दिनुपर्ने बताए । ‘महिला दिदी बहिनीहरू बिचारमा स्पष्ट हुनुहुन्छ, नेकपा एमाले मात्र स्पष्ट दृष्टिकोण बोकेको पार्टी हो’, उनले भने ।
अब पनि एमाले ठिक हो कि होइन भन्ने दुविधा पाल्न नहुने उनको भनाई छ । एमाले जोगाएर अहिलेको अवस्थासम्म पु¥याएको भन्दै ओलीले महिला र युवालाई धन्यवाद दिए । महिलाहरू दृढका साथ पार्टीको पक्षमा उभिएका र अब पनि महिलाहरू पार्टीको निर्णय र गन्तव्यको पक्षमा उभिनु पर्ने उनको भनाई छ ।

यो पार्टीलाई जोगाएर यहाँसम्म ल्याउने, पार्टी बचाउने खास गरी भन्ने हो भने महिला दिदी बहिनी हो, महिला दिदी बहिनीहरूले बचाउनुभयो, युवाहरूले बचाएको हो, मैले जिल्ला जिल्लामा हेरेँ, केन्द्रदेखि तलसम्म हेरेँ, पुरुषहरू धेरै लरबराए, तर महिलाहरू बहुत कम मात्रै लरबराए, लरबराउँदै लरबराएनन् त म भन्दिनँ, तर कम मात्र लरबराए, महिलाहरू दृढताका साथ पार्टीको पक्षमा उभिए’, ओलीले भने ।
सम्पूर्ण महिलालाई उठाउन, परिचालित गर्न र जिताउने भूमिका अनेमसंघले निर्वाह गर्न सक्ने भन्दै ओलीले अहिलेको एक मात्र लक्ष्य मङ्सिरमा चुनाव जित्ने हुनुपर्ने बताए । झापा जिल्ला एमालेमय बन्दै दशभरिलाई दृष्टान्त दिने गरी भूमिका खेल्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा एमालको स्थायी समिति सदस्य तथा झापा इन्चार्ज अग्नी खरेल, केन्द्रिय सदस्य तथा झापा सह इन्चार्ज रविन कोईराला, अनेमा संघ केन्द्रिय सचिव मेनुका काफ्ले, संघिय सांसद पवित्रा निरौला खरेललगायका अतिथिले शुभकामना मन्तव्य राखेका थिए ।
जिल्ला सम्मेलन आयोजक समिति अध्यक्ष जसमाया गजमेरको अध्यक्षतामा आयोजित कार्यक्रम जिल्ला सम्मेलन आयोजक समिति सचिव चन्द्रमाया श्रेष्ठले गरेकी थिइन् ।
अनेमा संघ झापाकोे शनिबार उद्घाटन सत्र सम्पन्न भएको छ । अब आइतबार भोलि बन्दशत्र हुने आयोजक समितिकी सदस्य रमा भण्डारी ढकालले जानकारी दिईन् ।

