मेचीनगर । बाहुण्डाँगी जेसीज वर्ष २०२२ ले आफ्नो जेसीज सप्ताह अन्तरर्गत तेस्रो दिन जिल्ला स्तरीय भलिवल छनोट कार्यक्रम सम्पन्न गरेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा अन्तर्गत शनिबार मेचीनगर ४ स्थित नवकिरण युवा क्लबको प्राङ्गणमा झापा जिल्ला स्तरीय भलिवल छनोट प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिताको उद्घाटनमा प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उप प्रमुख मीना पोखरेल उप्रेतीले गरेकी थिइन् । १० टिम सहभागी जिल्ला छनोट प्रतियोगितामा दमक विजेता बन्न सफल भयो । आयोजक बाहुण्डाँगी जेसीज उपविजेता बन्यो ।

कार्यक्रमको समापन समारोहमा प्रदेश नं. १ खेलकुद बिकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेको प्रमुख अतिथ्यता रहेको थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, मेचीनगर २ का वडाध्यक्ष दिपक बराल, मेचीनगर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीलगायतको आतिथ्यता रहेको थियो ।

बाहुण्डाँगी जेसीज वर्ष २०२२ का अध्यक्ष हेमन्त मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव प्रविण भण्डारीले गरेका थिए ।


