संघ \संस्था

इन्द्रपुर सम्मेलनमा तालिमलाई प्राथमिकता

बाहुण्डाँगी । जेसीज तालिमको विश्वविद्यालय हो । नेतृत्व र व्यक्तित्व विकास गर्ने यो संस्थाले विभिन्न क्षेत्रमा तालिम प्रदान गर्दै युवाहरुलाई अगाडी बढाइरहेको छ । जेसीजकै माध्यमबाट युवाहरुलाई आत्मानिर्भर र व्यवसाियक बनाउने उदेश्यका साथ यो पटक क्षेत्र क को क्षेत्रीय सम्मेलनमा तालिमलाई प्राथमिकतामा राखेर सम्मेलन गर्ने तयारी गरिएको छ ।
इन्द्रपुर जेसीजको आतिथ्यता तथा नेपाल जेसीजका आयोजनामा यहि भदौ १७ गतेबाट सुरु हुने दुई दिने क्षेत्रीय सम्मेलनमा ३ प्रकारका तालिम दिने तालिका सार्वजनिक गरिएको छ । त्यसमा पनि नेपालका उत्कृष्ट ट्रेनरहरुबाट ।


नबिल बैंकका पूर्व सिइयो अनिल केशरी शाह, ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति र सेयर मार्केटका प्रशिक्षक तथा नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष सुभाष चन्द्र भट्टराईले तालिम दिनेछन् । शाहले युवाहरुलाई उत्प्रेरणा सम्बन्धि तालिम दिनेछन् । सौरभ ज्योतिले पछिल्लो समय नेपालको आर्थिक अवस्थाका बारेमा र भट्टराईले सेयर मार्केट सम्बन्धी तालिम दिने शाखाका निवर्तमान अध्यक्ष कृष्ण ओझाले जानकारी दिनु भयो । सम्मेलनको पहिलो दिन सेयर सम्बन्धीको तालिम र दोस्रो दिन अन्य दुइ वटा तालिम हुनेछन् । शाखाका अध्यक्ष भवानी ढकालले सम्मेलन अवधीमा अध्यक्षहरुको साधारणसभा सञ्चालन हुने र अन्य सहभागिले तालिममा सहभागि हुन पाउने बताउनु भयो ।
सम्मेलनको अन्य तयारी समेत धमाधम भइरहेको र अब अन्तिम तयारीमा रहेको सम्मेलन निर्देशक नारायण कार्कीले बताउनु भयो । सम्मेलनका लागि आवश्यक तयारीसहित शाखाहरुसँगको सम्पर्कमा निरन्तर रहेको निरुपित कार्यकारीणी उपाध्यक्ष दिपेन्द्र निरौलाले जानकारी दिनु भयो । क्षेत्र क का लागि उपाध्यक्षहरुमा राजिप प्रसाई, कुमारसिह साँवा र मनोज शाह रहेका छन् ।