राजनीति

राष्ट्रिय युवा संघ झापाको सपथग्रहण

बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल जिल्ला सम्मेलन आयोजक कमिटी झापाको सपथ ग्रहण सम्पन्न भएको छ । आज जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आयोजित प्रशिक्षण एवम् सपथ ग्रहण कार्यक्रम आयोजना गरी सम्मेलन आयोजक कमिटीका संयोजक र सदस्यहरुले सपथ ग्रहण गरेका हुन् । जिल्ला संयोजक फुर्वा लामा र सदस्यहरुलाई प्रदेश संयोजक अनिता कन्दङवाले सपथग्रहण गराएकी हुन् । Read More…

राजनीति

संघ र प्रदेशका आकांक्षीले तल्लो निकायमा उठ्न नपाउने

विर्तामोड। नेपाली कांग्रेस झापाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिफारिस भइआएका आकांक्षी उम्मेद्वारहरुले त्यो भन्दा तल्लो निकायमा आगामी निर्वाचनहरुमा उम्मेद्वार बन्न नपाउने गरी विधि बनाउन प्रदेश र केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी सभापति देउकुमार थेवेको सभापतित्वमा आज बसेको बैठकले मातहत निकायबाट सिफारिस भइआएका प्रत्यक्ष र समानुपातिक उम्मेद्वारको नामावली उपल्लो निकायमा सिफारिस Read More…

संघ \संस्था

नारी सञ्चार गृहले गर्यो दुईवटा पुरस्कारको घोषणा

बिर्तामोड । नारी सञ्चार गृह झापाले दुईवटा पुरस्कारको घोषणा गरेको छ । झापाको बिर्तामोडमा आज संस्थाको ११औँ स्थापना दिवसका अवसरमा हरेक दुई वर्षमा एक पत्रकारलाई रु एक लाख एक हजार एक सयको पुरस्कार प्रदान गर्ने घोषणा गरियो । नारी सञ्चारगृह झापाका अध्यक्ष भीमा शिवाकोटीले सो पुरस्कारको नाम ‘नारी पत्रकारिता पुरस्कार’ राखिएको जानकारी दिनुभयो । प्रदेश Read More…

अर्थ

एक वर्षमा नेपाल भित्रए पौने चार अर्बभन्दा बढीको सारी, धोती र लुङ्गी

काठमाडौं । नेपालमा एक वर्षमा पौने चार अर्बभन्दा बढीको सारी, धोती र लुङ्गी भित्रने गरेको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त मूल्य बराबरको सारी, धोती र लुङ्गी नेपाल भित्रिएको हो । सो अवधिमा विभिन्न देशबाट नेपालमा ३ अर्ब ८५ करोड २८ लाख ८५ हजार रुपैयाँको सारी, धोती र लुङ्गी Read More…