झापा । झापाको मेचीनगरमा नेपाल र भारतको खेलाडी सम्मेलीत आठौं इण्डो नेपाल कराते च्याम्पियनसिप प्रतियोगिता आइतबारबाट सुरू भएको छ । मेचीनगर ६ स्थित काँकरभिट्टा सामुदायिक भवनमा आजबाट सुरू भएको प्रतियोगितामा प्रदेश नं १ का झापा, मोरङ, सुनसरी, इलाम, धनकुटालगायत सबै जिल्ला तथा छिमेकी मुलुक भारतको दिल्ली, कोलकाता, सिक्किम, आसाम, दार्जिलिङ, सिलुगढी, बागडुग्रालगायत क्षेत्रका खेलाडीहरूले विभिन्न Read More…
Day: September 4, 2022
बाइक वा स्कुटर चलाउँदा कहिलेकहिँ कुकुरले किन लखेट्छ ? यस्तो छ कारण !
काठमाडौं । तपाईंहरुले बाटोमा बाईक, स्कुटर वा कार कुदाउँदा आफ्नो सवारी साधनलाई कुकुरले खेदाएको अनुभव गर्नुभएको होला वा अरुको सवारीसाधन कुकुरले खेदाएको देख्नु भएको होला । कार कुदाएको बेला कुकुरले लखेट्दा दुर्घटना भएर आफुलाई हानी हुने सम्भावना निकै कम हुन्छ तर बाईक वा स्कुटर कुदाएको बेला लडेर चोटपटक लाग्ने सम्भावना निकै धेरै हुन्छ । कहिल्यै Read More…
आसन्न संघ र प्रदेशको निर्बाचनका लागि कांग्रेस झापाले गर्यो सबै उम्मेद्वारको नाम सिफारिस
झापा । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचनका लागि नेपाली कांग्रेस झापाले सबै उम्मेद्वारको नाम सिफारिस गरेको छ । पाँचवटा निर्बाचन क्षेत्र भएको झापामा तीनवटा निर्बाचन क्षेत्रमा प्रतिनिधि सभाका लागि एक ÷एक जनाको मात्रै नाम सिफारिस भएको छ । झापा क्षेत्र नम्वर १ का लागि विश्व प्रकाश शर्मा, क्षेत्र नम्वर ३ मा कृष्णप्रसाद सिटौला Read More…
उपप्रमुख उप्रेतीद्वारा स्थलगत अवलोकन
मेचीनगर । मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले आईतवार विहान श्री पातालगंगा कालीखोला धार्मिक तथा पर्यटन तथा प्रवर्द्धन केन्द्र मेचीनगर ६ काँकडभिट्टाले पर्यटकिय तथा धार्मिकक्षेत्रको प्रवर्द्धनकालागि गर्दै आएको विविध गतिविधिका बारेमा स्थलगत अवलोकनसहित जानकारी लिनुभएको छ । सोहि अवसरमा उहाँले तेजपत्ताको बिरुवा रोपण गर्नुभयो । केन्द्रका अध्यक्ष ओमप्रकाश खापुङ्ग, सचिव शंकर भट्टराई कोषाध्यक्ष लक्ष्मी थिङ Read More…
राप्रपा अध्यक्ष लिङदेनले दिए सांसद पदबाट राजीनामा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको आइतबार बैठकमा मन्तव्य राख्ने क्रममा मंसिर ४ गते प्रतिनिधिसभा सदस्यको चुनाव घोषणा भइसकेकोले आफू पदमा बसिराख्नु उपयुक्त नहुने बताउँदै उनले पदबाट राजीनामा दिएका हुन् । संसद्मा राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘संसदको यो कार्यकालको यो अन्तिम उपस्थिति र Read More…
माओवादी नेता सुरेन्द्रकुमार कार्की ओखलढुंगाबाट सिफारिस
झापा। नेकपा (माओवादी केन्द्र) ले ओखलढुंगाबाट सुरेन्द्रकुमार कार्की (पार्थ)लाई प्रतिनिधि सभामा प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस गरेको छ । माओवादी नेता कार्की २०७४ सालको निर्वाचनमा झापा १ बाट निर्वाचन लडेका थिए । उनले काँग्रेसका विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए । सत्तारुढ गठबन्धनका कारण यस पल्टको निर्वाचनमा उनी ओखलढुंगाबाट सिफारिस भएका छन् । झापा १ बाट काँग्रेसका महामन्त्री विश्वप्रकाश Read More…






