मेचीनगर । मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले आईतवार विहान श्री पातालगंगा कालीखोला धार्मिक तथा पर्यटन तथा प्रवर्द्धन केन्द्र मेचीनगर ६ काँकडभिट्टाले पर्यटकिय तथा धार्मिकक्षेत्रको प्रवर्द्धनकालागि गर्दै आएको विविध गतिविधिका बारेमा स्थलगत अवलोकनसहित जानकारी लिनुभएको छ ।

सोहि अवसरमा उहाँले तेजपत्ताको बिरुवा रोपण गर्नुभयो । केन्द्रका अध्यक्ष ओमप्रकाश खापुङ्ग, सचिव शंकर भट्टराई कोषाध्यक्ष लक्ष्मी थिङ तामाङले अहिलेसम्म समितिले गरेको गतिविधि, साप्ताहिकरूपमा हुने सरसफाईलगायतका विषयमा जानकारी गराउनुभयो । उपप्रमुख उप्रेतीले नगरक्षेत्रभित्र रहेका धार्मिक एवम् पर्यटकियक्षेत्रको विकास र प्रवर्द्धनकालागि स्थानीय सरकार लाग्ने बताउनुभयो ।

समितिका हरेक राम्रा काममा सरकारको हातेमालो निरन्तर हुने उहाँले विश्वास दिलाउनुभएको थियो । सहकारीकर्मी एवम् पुर्व जनप्रतिनिधि कुलप्रसाद तिवारीले त्यसक्षेत्रको ड्रेनलगायत अन्य समस्याका बारेमा जानकारी गराउनुभयो । केन्द्रले मानिसलाई बस्न सहजहोस भन्ने उद्धेश्यले ठाउँ ठाउँमा काठको बेञ्चको व्यवस्था गरेको रहेछ ।

