खेलकुद

आज उपाधि भिड्न्त; चर्च ब्वाईजले आर्मीको सामना गर्दै

युवराज आचार्य
झापा, कात्तिक २५ ।
जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको फाइनल आज । उपाधि रक्षाका लागि चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्दै छ ।

जायोन स्पोर्टस् क्लब बिर्तामोडको आयोजनामा झापाको बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा सोमबार (आज) हुने फाईनल खेलमा दुवै टोलीले गोल्डकपको उपाधि आ–आफ्नो टिमले जित्ने दाबी गरेका छन् । यो उपाधि संगै दुवै टोलीले सिजनकै पहिलो उपाधि रक्षा गर्दै गोल्डकपको यात्रा सुखद पार्ने दाउमा छन् ।

उपाधि दाबेदार मानिएको नेपालकै बलियो विभागिय टिम आर्मीको सामना गर्नु चर्च ब्वाईजको लागि चानचुने कुरा होईन । उसले धेरै नै मेहेनत र सुधारीएको खेल प्रस्तुत गर्नु पर्ने खेलकुद विश्लेषकहरु बताउछन् ।

यता उपाधि दाबेदार मानिएको बलियो विभागिय टिम नेपाल पुलीसलाई सेमीफाईनलमा पराजित गरे संगै हौसिएको चर्च ब्वाईज उच्चमनोवलका साथ मैदान उत्रदै उपाधि रक्षा गर्ने दाउमा छ ।

आर्मीले नियमित तथा सिनियर खेलाडी मैदानमा नउतारेको खण्डमा राष्ट्रिय लिगको सी डिभिजनमा भर्खरै उक्लिएको चर्च ब्वाइजको सामना गर्न शतप्रतिशत मेहनत गर्नु पर्ने हुन्छ ।

१० वटा टिम सहभागी गोल्डकपमा विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछ ।

Leave a Reply

Your email address will not be published.