झापा, कात्तिक २४ । प्रदेश नम्बर ३ प्रमुख माननिय बिष्णु प्रसाद प्रसाईलाई गृह नगर मेचीनगर नगरपालिकामा भब्य सम्मान गरेका छन् ।
आईतबार साझ प्रदेश प्रमुख प्रसाईको निजि निवासमा नै पुगेर माननिय, जनप्रतिनिधिलगायत मेचीनगर सहित झापा जिल्ला भरिबाट सयौंको संख्यामा उपस्थिति भई फुलको माला, खदा र अबिर पहिर्याई स्वागत तथा सम्मान गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुखलाई गत आइतबार पदमुक्त गरेकी थिइन्। सरकारले आइतबार बेलुकी नै मन्त्रिपरिषद् बैठक डाकेर प्रदेश प्रमुख नियुक्तिको तयारी गरेकी थिईन् ।
सचिवालयमा प्रदेश प्रमुख टुंगो लगेपछि सोमबार नै मन्त्रिपरिषद् बैठक बसेर नियुक्तिको प्रक्रियाअघि बढाउदै बिष्णु प्रसाई सहित सातै वटै प्रदेशका प्रमुखकलाई नियूक्ति गरेको थियो ।

