राजनीति

माओवादी नेता सुरेन्द्रकुमार कार्की ओखलढुंगाबाट सिफारिस

झापा। नेकपा (माओवादी केन्द्र) ले ओखलढुंगाबाट सुरेन्द्रकुमार कार्की (पार्थ)लाई प्रतिनिधि सभामा प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस गरेको छ । माओवादी नेता कार्की २०७४ सालको निर्वाचनमा झापा १ बाट निर्वाचन लडेका थिए । उनले काँग्रेसका विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए । सत्तारुढ गठबन्धनका कारण यस पल्टको निर्वाचनमा उनी ओखलढुंगाबाट सिफारिस भएका छन् । झापा १ बाट काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा उठ्ने भएका छन् । कार्की ओखलढुंगाबाट सिफारिस भएपछि यस पटक झापाबाट नै चुनाव लड्ने अडान राखिरहेका बेला महामन्त्री शर्मालाई राहत मिलेको छ । 

त्यस्तै माओवादी केन्द्र ओखलढुंगाले समानुपातिकतर्फ चम्पा देवी कार्की (आशा) सिफारिस भएकी छिन् । त्यस्तै, प्रदेशसभा (क) तर्फ ३ जनाको नाम सिफारिस गरेको छ । जसमा रामकुमार कार्की, खुदबहादुर खत्री र नरेन्द्र खतिवडा छन् । त्यस्तै, प्रदेश सभा (ख)मा बाबुराम गौतम, मोहन खड्का र खड्गा योगी सिफारिस भएका छन् । त्यस्तै, समानुपातिकतर्फ क्षेत्र नम्बर (क) मा ५ जना र (ख) मा १० जनाको नाम सिफारिस गरेको कार्यालय सचिव नवराज खड्काले बताए ।