चन्द्र बस्नेत
कनकाई । स्वतन्त्र समूह कनकाई वडा नं. ३ ले चन्द्र भेेटवालको अध्यक्षतामा २१ सदस्यीय समिति निर्माण गर्दै वडा भेला सम्पन्न गरेको छ ।
शुक्रबार श्री कृष्ण प्रणामी मन्दिर कनकाई ३ टप्पुमा सम्पन्न स्वतन्त्र समुहको भेेलाले चन्द्र भेटवालको अध्यक्षतामा उक्त समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा दिपक पाण्डे र दुर्गाप्रसाद भट्टराई , सचिवमा केदार कार्की उपसचिव दुई मध्ये पछि एक मनोनयन गर्ने गरि खोमनाथ पौडेल र कोषाध्यक्षमा राधादेवि दाहाल ढकाल सर्वसम्मत चयन भएका छन । त्यसैगरी सदस्यहरुमा दुर्गा रिमाल, महेन्द्र खरेल, भुमि प्रसाद संग्रौला, राजकुमार न्यौपाने, टंक थापा, सोमनाथ खरेल, उमेस उप्रेती, देवीप्रसाद खरेल, डम्बरबहादुर दाहाल, राजन पराजुली, भिम प्रसाद दाहाल, माधव भेटवाल, टेकनारायण अधिकार, ख्याम निरौला र खगेन्द्र पाठक सर्वसम्मत चयन भएका छन ।

नयाँ कार्य समितिलाई शुभकामना दिदै स्वतन्त्र समुह प्रदेश १ का निर्वाचन परिचालन समितिका सदस्य युक्त भेटवालले राजनितीदल भित्र रहेको भष्ट्र गतिविधिको अालोचना गर्दै दलहरुले सत्ता मोहका कारण जनभावना लत्याउने गरेको भन्दै यस्तो परिपाटीको विरोधमा स्वतन्त्र समुह लागेको वताएका छन । यसै क्रममा भेटवालले विगत सम्झदै “पैसाखाएर भेट्वालले भोट बेच्यो” भन्ने अारोपको खण्डन गर्दै केपि अोलि र गिरिजाप्रसाद कोईरालाको ग्राइन डिजाइन र तिनका मतियार हरुको सडयन्त्रमा उनको कन्चटमा पेस्तोल राखेर मतपेटिका कब्जागरी उनले जितेको चुनावमा समेत उनलाई हराएको खुलासा गरेका छन ।
त्यस्तै समुहका संयोजक शेरबहादुर थापाले हालका दलहरू सिद्धान्त अनुसार काम नगर्नाले स्वतन्त्र समुह जन्मिएको र अव यो स्वतन्त्र समुहको सक्तिलाई कसैले रोकेर रोक्न नसक्ने बताएका छन । राम्रा काम गर्दा जनताले पक्कै पनि साथ दिन्छन र जनताको साथलाई सन्सारका कुनैपनि तागतले दवाउन सक्दैन भन्दै अव स्वतन्त्र समुहका कामहरुको मुल्यांकन गरि यस समुहलाई जनताले साथदिने कुरामा अाफु बिस्वस्त रहेको भन्दै थापाले स्वतन्त्र समुहमा रहेका सबैखाले समुह एकभएर अगाडि बढ्ने बताएका छन ।
हाल सम्म कनकाई नगरका ६ वटा वडामा वडा समिति निर्माण भई सकेको र बाकी ३ वटा वडामा पनि केहि दिन भित्रै समिति निर्माण गरिने स्वतन्त्र समुहका सदस्य दिननाथ खतिवडाले जानकारी गराएका छन ।
भेलामा स्वतन्त्र समुहका सदस्यहरु लक्ष्मी अोली, लक्ष्मी गुरुङ, टिका पोखरेल, चन्द्र मैनालि भतिज, भवानी शंकर निरौला, दुर्गाप्रसाद चापागाईं चन्द्र मोहन उप्रेती लगायतको उपस्थित रहेको थियो ।
नव गठित समितिलाई शुभकामना दिदै चन्द्रमैनालि भतिज, चन्द्रमोहन उप्रेती, लक्ष्मी गुरुङ्ग लगायतका वक्ताले राष्ट्रघाती संझौतागरी मुलुकलाई दुर्घटनाको बाटोतीर धकेल्ने दलहरु फेरिपनि पुरानै अनुहार लिएर मत माग्न अाउदै गरेको र अव तिनिहरुलाई जनताले तपाईलाईमत किन ? भन्ने पश्न गर्ने बेला भइसकेको बताएका छन ।

