समाचार

प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य

काठमाडौं । प्रतिनिधिसभाको चालु ११औँ अधिवेशन आज राति १२ः०० देखि अन्त्य हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आजको बैठकमा सो सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै उक्त जानकारी गराए । नेपालको संविधानअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन प्रारम्भ र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

विविध

आम्रपाली ब्याङ्क्वेट नक्शालमा बडादशैं धमाका

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्साल चाइनिज एम्बेसी स्थित अम्रपाली ब्याङ्क्वेटमा सञ्चालन भईरहेको वडादशैँ मेलाको अवलोकन गर्नुभएको छ। अवलोकनका क्रममा नेपाली उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने बताउँदै उहाँले केपर रोज टी, नेपाली चकलेट, नेपाली अचार लगायतका सामानहरु खरिद गर्नुभयो। नेपालमै उत्पादन भएका सामग्रीहरुको प्रयोग र यस्ता उत्पादनको प्रवर्द्धनमा पछिल्लो समय लामिछाने लागि पर्नुभएको छ Read More…

समाचार

प्रतिनिधिसभा अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सरकारको सिफारिस

काठमाडौं । सरकारले १ असोज मध्यरातिदेखि प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार मध्यराति १२ बजेदेखि संसद्को बर्खे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभाको बैठक शनिबार दिउँसो १ बजेका लागि बोलाइएको छ । शुक्रबारको बैठकमा धेरै सांसदले आफ्नो बिदाइ मन्तव्य राखेका थिए । निर्वाचन Read More…

विविध

स्वतन्त्र समूह कनकाईमा आक्रमक बन्दै

चन्द्र बस्नेत कनकाई । स्वतन्त्र समूह कनकाई वडा नं. ३ ले चन्द्र भेेटवालको अध्यक्षतामा २१ सदस्यीय समिति निर्माण गर्दै वडा भेला सम्पन्न गरेको छ । शुक्रबार श्री कृष्ण प्रणामी मन्दिर कनकाई ३ टप्पुमा सम्पन्न स्वतन्त्र समुहको भेेलाले चन्द्र भेटवालको अध्यक्षतामा उक्त समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा दिपक पाण्डे र दुर्गाप्रसाद भट्टराई , Read More…

धर्म संस्कृती

आज विश्वकर्मा पूजा

काठमाडौं । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन्। विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ। बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगेर Read More…