काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्साल चाइनिज एम्बेसी स्थित अम्रपाली ब्याङ्क्वेटमा सञ्चालन भईरहेको वडादशैँ मेलाको अवलोकन गर्नुभएको छ। अवलोकनका क्रममा नेपाली उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने बताउँदै उहाँले केपर रोज टी, नेपाली चकलेट, नेपाली अचार लगायतका सामानहरु खरिद गर्नुभयो। नेपालमै उत्पादन भएका सामग्रीहरुको प्रयोग र यस्ता उत्पादनको प्रवर्द्धनमा पछिल्लो समय लामिछाने लागि पर्नुभएको छ ।
विशेषगरी चार्डपर्वको समय नजिँकिँदै गर्दा आम्रपाली ब्याङ्क्वेट नक्शालमा बडादशैं धमाका सुरु भएको हो । असोज १ गतेदेखि सुरु भएको मेला ३ गतेसम्म चल्ने जनाइएको छ ।
मेलामा सस्तो मूल्यमा दसैं किनमेलको साथै सम्पूर्ण घरायसी सामानमा विशेष छुटमा पाउन सकिनेछ । साथै इलेक्ट्रोनिक देखि घर सजावटका आकर्षक सामानहरुमा पनि उपलब्ध रहेको छ । आगन्तुक ग्राहकलाई मनोरञ्जन र उत्साह प्रदान गर्न लाईभ म्युजिकको समेत सुविधा उपलब्ध गराइएको छ ।

