संघ \संस्था

महिला सम्मानसहित राप्ती जेसीजको सप्ताह सम्पन्न

बाहुण्डाँगी । सामाजिक क्षेत्रमा अब्बल भूमिका निर्वाह गर्दै आएको राप्ती जेसीजले वर्ष २०२२ को जेसीज सप्ताह सम्पन्न गरेको छ । असोज ९ गतेबाट सुरु भएको सप्ताह अन्तर्गत, शैक्षिक सामाग्री वितरण, वृक्षारोपण, मन्दिर सरसफाइ, सचेतामुलक कार्यक्रमलगायत सहित फुलपातीको अवसर पारेर सम्मानसहित सप्ताह सम्पन्न गरेको हो ।


सम्मानित हुनेहरुमा राप्ती नगरपालिकाका संस्थापक मेयर प्रभा वराल, राप्ती नगरपालिका एक मात्र महिला वडा अध्यक्ष, वडा नं. ७ की सुमिता डल्लाकोटी, अधिकृत अन्तिम सिन्जाली मगर, चेपाङ समुदायबाट बिएन उतिर्ण भई राप्ती नगरपालिकामा कार्यरत, र प्रशासकिय अधिकृत महिलालाई सम्मान गरेको थियो । उहाँहरुलाई सम्मान पत्रसहित सम्मान गरिएको हो ।


शाखाकी अध्यक्ष विन्दु सिन्जाली मगरको सभापतित्व तथा नेपाल जेसीजका राष्ट्रिय महासचिव कृष्ण सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राप्ती नगरपालिकाका संस्थापक मेयर प्रभा बराल, छिमेकी शाखाबाट माडी जेसीजका अध्यक्ष शोभाखर अधिकारी ,राप्ती जेसीजका निवर्तमान अध्यक्ष दिनेश सेढाई मातृ शाखा पर्साखैरहनीका अध्यक्ष प्रकाश उप्रेती, संस्थापक सल्लाहकार मार्कण्डय गौतम र राजेन्द्र प्रसाद बुर्लाकोटीलगायतले राप्ती जेसीजले स्थापनाको छोटो समयमा समाजमा दिएको योगदान र युवाहरुलाई जेसीजप्रति जोडेका धन्यवाद व्यक्त गर्नु भएको थियो ।


कार्यक्रममा रत्ननगर जेसीजका अध्यक्ष उपेन्द्र आचार्य, नारायणगढ जेसीजका अध्यक्ष अमृत श्रेष्ठ, बिसहजार जेसीजका अध्यक्ष बेदराज न्याउपाने, सौराहा जेसीजका अध्यक्ष विकास श्रेष्ठ, सौराहा लेडि जेसीजका अध्यक्ष जेसी सप्ना पौडेल, गितानगर जेसीजका अध्यक्ष अनुप कोईराला, देवघाटधाम प्रस्तावितका अध्यक्ष विकास सापकोटा, गैंडाकोट जेसीजका अध्यक्ष शंकर अधिकारी, वस्तिपुर जेसीजका अध्यक्ष तेज प्रसाद उप्रेती (रमेश), पर्सा खैरहनी जुनियर जेसीजका अध्यक्ष शेलिसा आचार्य, सामाजिक व्यक्तिहरु राजेन्द्र प्रसाद बुर्लाकोटी, मार्कण्डय गौतम, सुमिता डल्लाकोटी, अनिता मैनाली, चुडा प्रसाद सिलवाल, प्रमात सेढाई, हरिशरण डल्लाकोटी, प्रशान्त अधिकारीलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम संयोजक, श्रीकृष्ण गौतम, सप्ताहा मुल संयोजक विवेक गैरे र कार्यक्रम संचालक राप्ती जेसीजका महासचिव अभियान पाठकको रहेको थियो ।