बाहुण्डाँगी । दिप ज्योति फुटबल क्लबको आयोजनामा जारी तेस्रो दिज्पज्योति च्यालेन्ज कप फुुटबल प्रतियोगितामा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सेमीफाइनलमा प्रवेश गरेको छ ।

मंगलवार सम्पन्न खेलमा विएफ फुटबल क्लब भारतलाई ३–० को गोल अन्तरले हराउँदै काँकरभिट्टाले सेमीफाइनलको यात्रा तय गरेको हो । जितका लागि खमिरगिल्सन कन्दङ्वाले २ र दिवस उराउले १ गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच काँकरभिट्टाका दिवस उराउ भएका थिए । बुधवारको खेल तुर्केनी फुटबल क्लब र शनिश्चरे फुटबल क्लबबिच हुने आयोजक समितिका सचिव युवराज प्रधानले बताउनु भयो ।

