खेलकुद

तेस्रो दिप ज्योति च्यालेन्ज कपमको उपाधी काँक्रभिट्टलाई

बाहुण्डाँगी । तेस्रो दिप ज्योति च्यालेन्ज कप फुुटबल प्रतियोगिताको उपाधी काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले उचालेको छ । दिप ज्योति युवा क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत आइतवार सम्पन्न फाइनल प्रतियोगितामा शनिश्चरे फुटबल क्लबलाई ३ – १ को गोल अन्तरले हराउँदै फाइनलको उपाधी उचालेको हो ।

जितका लागि काँकरभिट्टाका खमिर गिल्सन कन्दङवाले २ र अभिषेक गुरुङले १ गोल गरेका थिए भने शनिश्चरेका विशाल खवासले १ गोल गरेका थिए । जितसँगै काँकरभिट्टाले नगद ५० हजार, ट्रफ्री, मेडल र प्रमाणपत्र पाएको छ भने शनिश्चरेले नगद ३० हजार, ट्रफ्री, मेडल र प्रमाणपत्र पाएको छ । खेलको म्यान अफ द म्याच विजेता टिमका एन्जल गुरुङ भए ।

उनले १ हजार र ट्रफ्री प्राप्त गरे । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीको पुरस्कार काँकरभिट्टाकै खमिर गिल्सन कन्दङवाले प्राप्त गरे । उनले नगद ५ हजार र ट्रफ्री प्राप्त गरे । विजेता तथा उपविजेता खेलाडीलाई प्रतियोगिताको मुख्य प्रायोजक रहेको हारमोनी फाउण्डेशनका सदस्य शकुन्तला राई, युवा समाजसेवी अजय राई (भूपु कान्छा, क्लबका अध्यक्ष सनम राई, सचिव युवराज प्रधान, वडा सदस्य नगेन्द्र न्यौपानेले वितरण गर्नु भएको थियो ।


क्लबका अध्यक्ष सनम राईको सभापतित्व तथा जिल्ला फुटबल संघका पूर्व अध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष दिपक बरालले शुभकामना मन्तव्य राख्नु भएको थियो । अर्जुनकुमार कार्कीले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन देब बानियाँले गर्नु भएको थियो ।
प्रतियोगिता १८ गतेबाट सुरु भएको थियो ।