खेलकुद

काँकरभिट्टा र शनिश्चरे उपाधीका लागि फाइनलमा भिड्दै

बाहुण्डाँगी । दिप ज्योति फुटबल क्लबको आयोजनामा जारी तेस्रो दिप ज्योति च्यालेन्ज कप फुुटबल प्रतियोगिताको फाइनलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र शनिश्चरे फुटबल क्लबबिच आमनेसामने हुने भएका छन् । आइतवा दिप ज्योति टोलको खेलमैदानमा हुने फाइनल प्रतियोगितामा यि दुई टिम उपाधीका लागि एक अर्कामा प्रतिस्पर्धा गर्दैछन् । सेमीफाइनल खेलमा काँकरभिट्टाले ब्रर्दस युनाइटेड चन्द्रगढीलाई र शनिश्चरेले Read More…

राजनीति

झापा–१ : खरेल, कोइराला र बजगाईं सेफ जोनमा !

झापा । आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा झापाको सबैभन्दा चर्चित क्षेत्रको रूपमा क्षेत्र नं। १ लाई हेरिएको छ । झापा–१ मा तेस्रोपटक उम्मेदवार बनेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र एमालेमा कानून ज्ञाताको छबि बनाएका प्रभावशाली नेता अग्नि खरेलको अनुकूलता र प्रतिकूलताको लेखाजोखा र जोड घटाउको हिसाब किताब हुन थालेको छ । अग्नि खरेल झापाली Read More…

राजनीति

‘गर्व गर्छौं गोपाल दाई’

मेचीनगर । स्वास्थ्य तथा खेल क्षेत्रमा नाइट चेस क्लबले विगतमा उपलब्धिमूलक कार्यक्रमहरु सञ्चालन गरेको छ । ती कार्यक्रमले नाइट चेस क्लबलाई स्थानीय स्तरमा मात्र चिनाएन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन सफल भएको छ । सामाजिक व्यक्तित्वको रुपमा परिचय फराकिलो बनाएका गोपाल तामाङ नेतृत्वको समितिले सम्झनालायक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । उनकै पालामा अन्तर्राष्ट्रिय Read More…

राजनीति

झापा क्षेत्र नं ५ : ओलीलाई कति भारी पर्लान् गठबन्धनका अधिकारी ?

झापा । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं ५ मा पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रमा नेकपा एमाले का तर्फबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका तर्फबाट खगेन्द्र अधिकारी उम्मेदवार छन् । विसं २०७४ मा सम्पन्न निर्वाचनमा ओली र अधिकारीबीच नै मुख्य प्रतिस्पर्धा भएको थियो Read More…

शिक्षा

बौद्धमोड इङ्लिस स्कुलले सुरु गर्यो विज्ञसँग विद्यार्थी कार्यक्रम

बौद्धमोड । बौद्धमोड इङ्लिस बोर्डिङ स्कुलले किरात धर्मका धर्मगुरु,समाज सुधारक तथा राष्ट्रिय विभूति माहागुरु फाल्गुन्नद को १३८ औं जन्मजयन्ति बिबिध कार्यक्रमका साथ मनाएको छ। विद्यार्थीहरुको सिकाइलाई थप प्रभावकारी बनाउन विद्यालयले विज्ञसँग विद्यार्थी कार्यक्रम आजबाट सुरु गरेको छ । मेचीनगर वडानम्बर –२ का वडाध्यक्ष दीपक बराल प्रमुख आतिथ्य रहेको कार्यक्रममा वडाध्यक्ष बराल सँग स्थानीय तहको बारेमा Read More…

अन्तर्वार्ता

निर्वाचित गराउनुहोस्, काम गरेर देखाउनेछु : देवराज घिमिरे

नेकपा एमालेभित्र निष्ठा र सालिन नेताका रुपमा स्थापित नेता हुन्, देवराज घिमिरे । झापा क्षेत्र नं. –२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका उनी अहिले चुनावी घरदैलो अभियानमा छन् । लामो समयदेखि नेपाली जनताको हितमा राजनीतिक एवम् सामाजिक रुपमा क्रियाशिल घिमिरेलाई पार्टीले प्रत्यक्ष रुपमा सेवा गर्ने अवसर मंसिर ४ को निर्वाचनमा प्रदान गरेको छ । राजनीतिक Read More…

संघ \संस्था

निर्वाचन आयोगले सञ्चारमाध्यममाथि अंकुश लगाउने काम गर्यो : अध्यक्ष पोखरेल

बिर्तामोड । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले निर्वाचन आयोगले सञ्चारमाध्यममाथि अंकुश लगाउने काम गरेको भन्दै त्यसको विरोध गर्नु भएको हो । सञ्चार माध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपाल हुँदा हुँदै निर्वाचन आयोगले सञ्चार माध्यममाथि अंकुश लगाउने काम गरेको भन्दै अध्यक्ष पोखरेलले त्यसको विरोध गर्नु भएको हो । नेपाल पत्रकार महासंघ झापा शाखाको Read More…

संघ \संस्था

प्रेस चौतारी झापाद्वारा पत्रकार महासंघ झापाको साधारणसभा बहिस्कार

बिर्तामोड । प्रेस चौतारीले नेपाल पत्रकार महासंघ झापाको साधारण सभा बहिस्कार गरेको छ । एक विज्ञप्ति जारी गर्दै प्रेस चौतारी नेपाल झापा शाखाले महासंघको आज आयोजित साधारणसभा बहिस्कार गरेको जनाएको छ । विज्ञप्ति मार्फत नेपाल पत्रकार महासंघ झापाको साधारणसभामा प्रेस चौतारीका सदस्यहरु सहभागी नहुने स्पष्ट पारेको छ । अध्यक्ष मनकुमार गदालले जारी गरेको विज्ञप्तिमा पत्रकार महासंघ Read More…

संघ \संस्था

गौरादह जेसीजको जेसीज सप्ताह जारी, शनिवार थिम सेमीनार हुँदै

बाहुण्डाँगी । गौरादह जेसिज बर्ष २०२२ को जेसीज सप्ताह सञ्चालन भइरहेको छ । २१ गते स्वागत बोर्ड तथा सप्ताह समुदघाटनका साथ उद्घाटन गरिएको सप्ताहले ४ वटा कार्यक्रम सम्पन्न गरिसकेको छ । शाखाले गौरादहको उत्तर प्रवेश द्वार कमल गाउपालिका र गौरादह नगरपालिकाको सिमा गेउरिया खोला र दक्षिण सिमाना गौरिगन्जको सुरुवाती ठाउँमा स्वागत बोड राखेको छ । Read More…

समाचार

‘नो नट अगेन’ काे पक्षमा सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले ‘नो नट अगेन’ अभियानलाई कुनै कारबाही नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश गरेको छ । बिहीबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासले ‘नो नट अगेन’ अभियानलाई कारबाही नगर्न यसअघि दिएको आदेशलाई निरन्तरता दिने आदेश गरेको हो । निर्वाचन आयोगले कात्तिक ८ गते ‘नो नट अगेन’ अभियानलाई विद्युतीय कारोबार ऐन, Read More…