राजनीति

झापा- ३ मा सत्तारुढ गठबन्धनभित्र खैलाबैला, माओवादीका १३४ जनाले दिए सामूहिक राजीनामा

झापा । झापा- ३ मा सतारुढ गठबन्धनभित्र खैलाबैला मच्चिएको छ ।निर्वाचनको मुखमा झापा  ३ का नेकपा माओवादी केन्द्रका प्रदेश सदस्यसहित १३४ जनाले सामूहिक राजीनामा दिएपछि गठबन्धनभित्र खैलाबैला मच्चिएको हो । यसको प्रत्यक्ष असर नेपाली काँग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला पर्ने देखिएको छ ।  आज प्रेस विज्ञप्ति जारी गरी झापा क्षेत्र नं ३ अन्तर्गत बाह्रदशी ४ र ५ मा Read More…

विविध

झापा क्षेत्र नं. ४ मा नमुना मतदान

चन्द्र बस्नेत कनकाई । आगामी निर्वाचनमा बदर मतको संख्या कम गर्ने उदेश्यले झापाको क्षेत्र न ४ मा सोमबार आज नमुना मतदान भएको छ । झापा क्षेत्र नं.४ मा भएका व्यक्तिहरूले नमुना मतदान गरेका छन् । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कसरी मतदान गर्ने र बढ्दो बदर मत कम गर्ने उद्देश्यले मतदान अधिकृतको कार्यालय कनकाई नगरपालिकामा Read More…

राजनीति

एमालेले भन्यो–‘भूमि आयोग गुहार्नु हारको मानसिकता’

मेचीनगर । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आचारसंहिताको उल्लंघन गर्दै झापा–१ मा आएर कांग्रेस गठबन्धनलाई भोट मागेकोमा एमालेले आपत्ति जनाएको छ । आयोगका अध्यक्षलाई गुहारेर नेपाली कांग्रेसका उम्मेद्वार विश्वप्रकाश शर्माले भोट मागेको र सुकुम्बासीहरुलाई धनीपूर्जाको प्रलोभन बाँडेको विषयमा एमालेले आज पत्रकार सम्मेलन गरी निर्वाचन आयोगको समेत ध्यानाकर्षण गरेको छ । एमालेले आचारसंहिता उल्लंघन गर्नेहरुलाई Read More…

राजनीति

सपना बाँड्ने होइन, काम गर्छाै– शर्मा

मेचीनगर । झापा क्षेत्र नं. १ का उम्मेद्वार विश्वप्रकाश शर्माले जनताको एकमत पनि खेर नजाने गरी काम गर्ने विश्वास दिलाएका छन् । चुनावी घरदैलो अभियानका क्रममा सोमबार मेचीनगर–७ स्थित गोमनसरीमा आयोजित संक्षिप्त कोणसभालाई सम्बोधन गर्दै शर्माले जनताले ठूलोभन्दा पनि साना कुराको अपेक्षा गरेको बताए । ‘जनताले स–साना कुराहरु खोजिरहेका छन्,’ उनले भने, ‘त्यसैले हामी गर्न Read More…

राजनीति

सुकुमबासीलाई भूमि आयोगका अध्यक्षको चेतावनी- गठबन्धनलाई नजिताए जग्गा पाइँदैन

झापा । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला निर्वाचन आचारसंहिताविपरीत सुकुमबासी भेला गरेर गठबन्धनका उम्मेदवारले नजिते जमिन नपाउने धम्की दिँदै हिँडेको भन्दै एमालेले आपत्ति जनाएको छ । निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै निरौला देशव्यापी दौडाहामा छन् । उनले गठबन्धनले चुनाव नजिते सुकुमबासीलाई जग्गा दिन नसकिने भनेपछि उनले बोलेको अडियोसहित उजुरी परेको छ । आयोगका अध्यक्ष निरौलाले Read More…

खेलकुद

तेस्रो दिप ज्योति च्यालेन्ज कपमको उपाधी काँक्रभिट्टलाई

बाहुण्डाँगी । तेस्रो दिप ज्योति च्यालेन्ज कप फुुटबल प्रतियोगिताको उपाधी काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले उचालेको छ । दिप ज्योति युवा क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत आइतवार सम्पन्न फाइनल प्रतियोगितामा शनिश्चरे फुटबल क्लबलाई ३ – १ को गोल अन्तरले हराउँदै फाइनलको उपाधी उचालेको हो । जितका लागि काँकरभिट्टाका खमिर गिल्सन कन्दङवाले २ र अभिषेक गुरुङले १ Read More…

राजनीति

गठबन्धनलाई जिताउन सिंगो टोल काँग्रेसमा

मेचीनगर । झापा क्षेत्र नं. १ का उम्मेद्वार तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो क्षेत्रले समग्र देशको नेतृत्व गर्ने बताएका छन् । लोकतान्त्रिक बाम गठबन्धन झापा क्षेत्र नं. १ को आइतबार मेचीनगर–२ मा सम्पन्न टोल पैदल यात्राका क्रममा साझा उम्मेद्वार शर्माले राष्ट्रियव्यापी रुपमा गठबन्धनले जनताको जीवनयापन सहज बनाउन नेतृत्वदायी भूमिका खेल्ने बताए । ‘हामी Read More…

राजनीति

म रुचाइएको उम्मेद्वार– खापुङ

काँकरभिट्टा । जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट झापा क्षेत्र न. १ (ख) का उम्मेद्वार ओमप्रकाश खापुङले चुनाव जित्नेमा आफू आशावादी रहेको बताएका छन् । चुनावी प्रचारलाई तीब्र पारिरहेका उम्मेद्वार खापुङले शनिबार पत्रकारसँगको भेटघाटका क्रममा आफ्नो जित निश्चित भएको दाबी गरे । ‘म यतिखेर मतदाताको घरदैलोमा पुगिरहेको छु,’ खापुङले भने, ‘यसपाली मतदाताले समाजमा केही गर्न सक्ने Read More…

स्वास्थ्य

प्याड किन्न पन्ध्र सय दिने एमालेको घोषणाले गाउँका महिला खुशी

झापा । नेकपा एमालेले महिनावारी भएका सबै महिलालाई सेनिटरी प्याडका लागि एक हजार पाँच सय रुपैयाँ प्रदान गर्ने घोषणाले ग्रामीण महिलाहरु खुशी भएका छन् । हालै एमालेले घोषणा पत्रमा सार्वजनिक गरेको धेरै लोकप्रिय कार्यक्रममध्ये एक बर्षमा हरेक महिनावारी भएका महिलालाई पन्ध्र सय रुपैयाँ दिने उल्लेख गरिएको छ । यसले स्वस्थ महिनावारी, सुरक्षित मातृत्वको नीति कार्यान्वयनको Read More…

राजनीति

नयाँ र सबल नेतृत्व गोपाल तामाङ

मेचीनगर । सामाजिक अभियन्ताका रुपमा फराकिलो परिचय स्थापित गरेका युवा गोपाल तामाङ झापा क्षेत्र नं १ ‘क’ प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका छन् । विभिन्न सामाजिक संघसंस्थाको सफल नेतृत्व गरेर यस भेगका नागरिकमाझ उँचो छवि बनाएका तामाङ आगामी मंसिर ४ मा हुन गइरहेको निर्वाचनको आशा र भरोसा गरिएका युवा उम्मेद्वार हुन् । प्रतिनिधि तथा प्रदेश Read More…