काठमाडौं । कतारमा जारी विश्वकप फुटबल अन्तरगत समूह डी को अन्तिम खेलमा फ्रान्स ट्युनिसियासँग पराजित भएको छ । एजुकेशन सिटी स्टेडियममा बुधबार राति भएको खेलमा ट्युनिसियाले फ्रान्सलाई १–० गोल अन्तरले पराजित गरेको हो । यस अघि नै नकआउट चरणमा प्रवेश गरेका फ्रान्स पराजित भएपनिसमूह विजेता भनेको छ ।
दोस्रो हाफमा ट्युनिसियाले अग्रता लियो । दोस्रो हाफको ५८ औं मिनेटमा ट्युनिसियाले फ्रान्सको कमजोर डिफेन्सको फाइदा उठाउँदै अग्रता लियो ।
दोस्रो हाफमा गोल खाएपछि फ्रान्सले पहिलो रोजाइका खेलाडीलाई मैदान पठाएको थियो । किलीयन एमबाप्पे, एन्टोइन ग्रिजमन र ओस्मान डेम्बेले मैदान छिरेपनि फ्रान्स गोल फर्काउन असफल रहयो ।
जितका बाबजुद ट्युनिसिया नकआउट चरणमा भने पुग्न सकेन ।

अर्को खेलमा अष्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेको छ। बलियो प्रतिस्पर्धी डेनमार्कलाई १–० गोल अन्तरले पराजित गर्दै अष्ट्रेलिया अघिल्लो चरणमा प्रवेश गरेको हो ।
अष्ट्रेलियाका लागि एक मात्रै निर्णायक गोल म्याथ्यु लेकीले गरे । खेलको ६० औं मिनेटमा लेकीले गोल गरेका थिए। यससँगै समूह डीमा अष्ट्रेलियाले समूह चरणका तीन खेलबाट ६ अंक हात पारेको छ।
यसअघि अष्ट्रेलिया सन् २००६ मा भएको विश्वकपको अन्तिम १६ मा पुगेको थियो। यस समुहबाट फ्रान्स यसअघि नै नकआउट चरणमा प्रवेश गरेको छ ।

