देबु बानियाँ । बाहुण्डाँगी । यहि पुष ७ गतेबाट सुरु हुन लागेको नेपाल जेसीजको ४९ औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
बिरगञ्ज जेसीजको आतिथ्यतामा हुन लागेको महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको हो । नेपालकै प्रमुख प्रवेशद्धारका रुपमा रहेको विरगञ्ज महाधिवेशनलाई जेसीजकर्मीहरुले महत्वका साथ हेरेका छन् । महाधिवेशनका लागि हल व्यवस्थापन, उद्घाटन समारोहका निम्ति कार्यक्रम स्थलको तयारी, आवस व्यवस्थापनको निम्ति होटलको व्यवस्थापन, प्रचार प्रसारलगायतका कामहरु धमाधम भइरहेका छन् भने धेरै काम अन्तिम चरणमा पुगेको महाधिवेशनका निर्देशक गोपाल केडियाले बताउनु भयो । विरगञ्ज जेसीजका पूर्व अध्यक्ष समेत रहनु भएका निर्देशक केडियाले महाधिवेशनमा सहभागि हुन आउने हरेक युवाहरुका लागि कुनै कुरामा असहज नहोस भन्ने उदेश्यले तयारी गरिरहेको बताउनु भयो ।

शाखाका निवर्तमान अध्यक्ष रञ्जन रावतले ८० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम पनि धमाधम भइरहेको बताउनु भयो । उहाँले अहिलेसम्म ५ सयको हाराहारीमा प्रि रजिष्ट्रेशन भएको बताउनु भयो ।
भलबारी महाधिवेशनले २०२३ को महाधिवेशन गर्ने अवसर दिएको बिरगञ्जका लागि अवसर र चुनौती दुबै भएको बताउँदै उत्कृष्ट बनाउने तयारी रहेको शाखाका अध्यक्ष अमृत गौरोले बताउनु भयो ।
यो महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ । जसका लागि अध्यक्षमा ६ जना, कार्यकारीणी उपाध्यक्षमा १० जना र उपाध्यक्षमा १९ जनाको उम्मेदवारी रहेको नेपाल जेसीजको सचिवालयले जानकारी दिइएका् छ ।

