संघ \संस्था

देवकोटा पार्कले मनायो ३०१ औँ पृथ्वी जयन्ती

मेचीनगर । मेचीनगर ६ काँकरभिट्टा स्थित देवकोटा पार्क व्यवस्थापन समितिले ३०१ औँ पृथ्वी जयन्ती मनाएको छ । आज संविधान सभा सदस्य रविन कोइरालाको प्रमुख आतिथ्यमा देवकोटा पार्क व्यवस्थापन समितिले पृथ्वी जयन्ती मनाएको हो ।

बिगत सात वर्ष अघिदेखि देवकोटा पार्क व्यवस्थापन समितिले प्रत्येक बर्ष पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ । त्यसै कार्यक्रमलाई निरन्तरता दिदैं यसवर्ष पनि देवकोटा पार्क परिसरमा पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाईएको पार्क व्यवस्थापन समितिले जनाएको छ ।

पार्क व्यवस्थापन समिति अध्यक्ष गणेश कुमार खरेलको सभापतित्वता आयोजना भएको कार्यक्रमको सञ्चालन सचिव फडिन्द्र घिमिरेले गरेका थिए ।

सरकारले आज ३०१ औँ पृथ्वी जयन्तीको अवसरमा नेपालभर सार्वजनिक बिदा समेत दिएको छ ।