बाहुण्डाँगी । माघ १६ गतो सहिद दिवसको अवसर पारेर जेसीआई सिद्धार्थ लेडी जेसीज र सुर्खेत लेडी जेसीजले सहिदहरुको सम्झनामा दीप प्रज्वलन गरेको छ । सिंगो देश निर्माणमा सहिदहरुले दिएको बलिदानलाई उच्च सम्मान गर्दै उनीहरुले दीप प्रज्वलन गरेका हुन् ।
शाखाकी अध्यक्ष गीता बैरे बन्जाडेको सभापतित्वमा सम्पन्न सिद्धार्थ लेडी जेसीजको कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थ जेसीजका पूर्व अध्यक्ष सिनेटर हिराचन बञ्जाडे तथा शाखाका पूर्व अध्यक्षहरु अन्जु जैसि सुवेदी, बिनिता श्रेष्ठ , बिनम गुरुङ , दुर्गा शर्मा आचार्य ,सिनेटर तुल्सा भुसाल पाण्डेयको सहभागिता रहेको थियो ।

कार्यक्रम भैरहवाको देवकोटा चोकमा सम्पन्न भएको थियो ।
कार्यक्रम संयोजक मन्दिरा उप्रेतीले स्वागत गरेको कार्यक्रमको सञ्चालन कृष्णा दाहालले गर्नु भएको थियो ।
यसैगरी यता , सुर्खेत महिला जेसीजको आयोजनामा वीरेन्द्रनगर सुर्खेतको वीरेन्द्रचोकमा दीप प्रज्वलन गरिएको हो ।
माघ १६ गते सहिद दिवसको अवसरमा गरिएको दिप प्रज्वलनमा ज्ञात अज्ञात सहिदहरुप्रती श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

विभिन्न समयमा देश र जनताको लागि आफ्नो ज्यानको आहुती दिने सहिदहरुलाई सम्झदै दिप प्रज्वलन कार्यक्रममा सुर्खेत महिला जेसीज वर्ष २०२३ को अध्यक्ष सीता भण्डारीले सहिदहरुको योगदानलाई सबैले सम्झनुपर्ने बताईन।
कार्यक्रममा सुर्खेत महिला जेसिसका महासचिव कमला बस्याल देवकोटा, पूर्व अध्यक्ष लक्ष्मी गुरुग निवर्तमान अध्यक्ष मनिषा कौशल लगायतको सहभागिता थियो ।

