विविध

कनकाईमा बाख्रा पालक किसान लक्षित एक दिवसीय तालिम सम्पन्न

चन्द्र बस्नेत
कनकाई ।
झापाको कनकाई २ स्थित सुकेडागी सामुदायिक वन उपभोक्ता समुहको सभाहलमा एक दिवसीय तालिम सोमबार ( आज)सम्पन्न भएको छ।

कनकाई वडा न १ र २ लाई नगरले बाख्रा ब्लक भनी छुट्टयाएसगै आज वडा नं. २ स्थित दिवसीय तालीमको आयोजना गरिएको हो। बृहत बाख्रा ब्लक निरन्तरता कार्यक्रमका सयोजक धन बहादुर वनको अध्यक्षतामा भएको तालिममा कनकाई वडा न २ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि वलराम राई ( प्रताप)ले ब्यानर पढी तालीमको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथि समेत रहनु भएका वडा अध्यक्ष राईले कृषि तथा पशुपालनका क्षेत्रमा आत्मनिर्भर बनाउन वडावासी कृषकलाई प्राथमिक्ता राखी आर्थिक वर्षको वजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

उहाँले बढीभन्दा बढी वडाबासी कृषकलाई लाभ लिन अनुरोध गर्दै वडाबासीको पशुधन सुरक्षामा वडा गम्भिर भएको बताउनुभयो । सुकेडागी सामुदायिक वनको आयोजना तथा जिल्ला भेट्नेरी अस्पताल तथा पशु विज्ञ केन्द्र भद्रपुर झापाको सहयोगमा सम्पन्न तालिममा साहारा नेपाल साकोसका पशु चिकित्सक डा. कमलेश्वर भट्टले सहजीकरण गर्नु भएको वडा न २ का वडा सदस्य निशा मगरले जानकारी दिनुभयो ।तालिममा ४० बढी वडाका अगुवा बाख्रा पालक कृषक सहभागी रहेकोे थियो ।

वडा न १ र २ का कृषकहरुलाई लाभान्वित गराउँने उद्येश्यका साथ २ वटै वडामा तालिमको आयोजना गरिएको बृहत बाख्रा ब्लक निरन्तरता कार्यक्रमका सदस्य लोकनाथ दुलालले जानकारी दिनुभयो । बृहत बाख्रा ब्लक अन्तर्गत यो वर्ष २ वडामा २२ वटा खोरका साथै मोटसहित २० वटा च्याप कटर मिसिन पनि वितरणको तयारीमा रहेकोे कार्यक्रमका सयोजक वनले जानकारी दिनुभयो ।

बाख्रा कृषकहरुकालागी पशुधनको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै स्थानीय सरकारबाट यतिबेला घुम्ती शिविर साथै निशुल्क औषधि वितरण समेत भईरहेको र यो कार्यक्रम भोलि मंगलबार सम्म जारी रहने नगर पशुपन्छी साखा प्रमुख कुलप्रसाद गुरुङले जानकारी दिनुभयो ।

नगरले यतिबेला सबै वडामा पशु स्वास्थ्यशिविर समेत चलाईरहेको छ । शिविरमा गाईभैंसीको बाँझो पनको परिक्षण साथै आवश्यक औषधि वितरण गरिदै आईएको बताएको छ । सुकेडाँगी सामुदायिक वनकी सचीव गोमा बोहोरा ( निरौला) ले स्वागत गरेको कार्यक्रमको सञ्चालन वन समूहका कोषादक्ष आईपी भट्टराईले गर्नुभएको थियो ।