खेलकुद

बाहुण्डाँगीका आदित्य मालदिप्स फुटबल एकाडेमीको कोचमा अनुमोदन

बाहुण्डाँगी । २ महिना अघि रोजगारीका शिलशिलामा मालदिप्स पुगेका मेचीनगर ४ बाहुण्डाँगीका आदित्य कार्की मालदिप्स फुटबल एकाडेमीको प्रमुख प्रशिक्षक (कोच) मा अनुमोदन भएका छन् । होटल म्यानेजम्यान्टको भिसामा मालदिप्स पुगेका कार्कीले त्यहाँ पुगेर पनि फुटबलमा देखाएको लगाब र उनको खेल कौशलको नजिकबाट नियालेका त्यहाँको क्लबले कार्कीलाई कोचका रुपमा नियुक्ती गरेको हो ।

बाहुण्डाँगी फुटबल क्लबका उत्पादन कार्की झापा ११ तथा विभिन्न क्लबबाट लामो समय फुटबल खेलका थिए । कार्की केही वर्षयता बाहुण्डाँगीका पहिलो रोजाइका खेलाडीका रुपमा रहे पनि उनी रोजगारीका निम्ति फुटबल छोडेर मालदिप्स पुगेका थिए । एक हप्ता अघिबाट कार्कीलाई व्यवसायिक रुपमा अनुमोदन गरिएको उनका बुबा तथा मेचीनगर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीले बताउनु भयो, प्रतिभा कतै कहिले अन्यायमा पर्दैन।कला, संस्कृति ,सभ्यता र इमान्दारीता सधै सजीब भएर बाँचीरहन्छ । कार्कीले आफ्नो फेसबुक वालमा पोष्ट गर्दै आफ्नो छोराले पाएको सफलता सिंगो बाहुण्डाँगीको लागि गर्वको विषय भएको बताउनु भयो ।