संघ \संस्था

वीरता लेडी जेसीजलाई पहिलो महिनामै जेसीज अफ द मन्थको अवार्ड

बाहुण्डाँगी । नेपाल जेसीजले प्रदान गर्दै आएको जेसीज अफ द मन्थको अवार्ड अन्तर्गत पहिलो महिनाको अवार्ड वीरता लेडी जेसीजले प्राप्त गरेको छ ।
काठमाडौँमा सम्पन्न भएको लोम लिडर्स एकाडेमीको समापन समारोहको अवसर पारेर २०२३ को जनवरी महिनाको पहिलो अवार्ड वीरता लेडीले प्राप्त गरेको हो । नेपाल जेसीज २०२३ का अध्यक्ष सिनेटर विकास मानन्धर, क्षेत्र क की निरुपित कार्यकारीणी उपाध्यक्ष रश्मि बस्नेत र निरुपित उपाध्यक्ष सिनेटर अनुप सुनुवारले उक्त अवार्ड शाखाकी अध्यक्ष संगिता गिरीलाई प्रदान गरेका थिए ।

वीरता लेडीले क्षेत्र क का ४२ वटा शाखाको उत्कृष्ट अवार्ड प्राप्त गरेको हो । गिरीको नेतृत्वमा रहेको टिमले पदभार ग्रहण गरेसँगै जेसीजका ४ वटा क्षेत्रमा रहेर विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको थियो । जसमा अन्तराष्टिय क्षेत्र अन्तर्गत नेपाल भारतको सिमाना काकरभिट्टामा अन्तकृया समेत सम्पन्न गरेको थियो ।
अवार्ड प्राप्त पछि अध्यक्ष गिरीले आगामी दिनमा संस्थालाई अघि बढाउन उर्जा प्रदान भएको बताउनु भयो ।