बाहुण्डाँगी । इटहरी लेडी जेसीजले ट्राफिक लाइटलाई हेरेर कसरी बाटो काट्ने भन्ने विषयमा सचेतनामुलक जानकारी दिँदै पहिलो पटक प्रत्यक्ष अभ्यास गरेको छ ।
कोशी प्रदेशको व्यापारीक सहर इटहरीमा रहेको काठमाडौँ भन्दा बाहिरको पहिलो ट्राफिक लाइटमा पैदल यात्रुले कसरी वाटो काट्ने भन्ने दुविधा भयर दुर्घटनामामा मानविय छति भएको कुरा लाई ध्यानमा राखेर ईटहरी लेडि जेसिजले फाल्गुन १४ गते देखि ४ दिने ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको हो । ]

ट्राफिक लाइटले मुख्य चौकमा यातायातको सञ्चालनमा सहजता भएता पनि पैदल यात्रीमा कुन लााइटमा कसरी यात्रा गर्ने भन्ने सचेतना भएमा मात्र दुर्घटना न्यूनिकरण गर्न सकिन्छ भन्ने महशुस गरि कार्यक्रम आयोजना गरिएको कुरा इटहरी लेडी जेसिज २०२३ कीे अध्यक्ष सुमित्रा भट्टराईले जानकारी दिनु भयो । उक्त कार्यक्रम पैदल यात्रीलाई लक्षित गर्दै आयोजना गरिएको अध्यक्ष भट्टराईले बताउनु भयो ।

ईटहरी मुख्य चौकको चारैतिरको जेब्राक्रसमा ईटहरी लेडि जेसिजका सदस्यहरु आफै उभिएर पैदलयात्रीलाई हरियो बत्तीमा मात्रै बाटो काट्न सिकाउनु भएको थियो । पैदल यात्री सचेतना कार्यक्रम आवश्यक रहिरहेको समयमा स्वत स्फुर्त रुपमा यो कार्यको लागि पहिलो पटक ईटहरी लेडि जेसिजले आयोजना गरेकोमा प्रहरी उपरिक्षक श्याम कुमार महतोले ईटहरी लेडि जेसीजलाई बिशेष धन्यवाद प्रकट गर्दै आगामी दिनमा अन्य संघ संस्थाहरुलाई पनि यस्तै कार्यक्रम आयोजनामा सहयोग गर्न को लागि अनुरोध गर्नु भयो ।

ईटहरी उप महानगरपालिका तथा वार्ड नं ६ को बिशेष सहयोगमा सम्पन्न उक्त कार्यक्रमले पैदल यात्रिमा ट्राफिक लाईट प्रयोग सम्बन्धी जानकारी गराउन सफल भएको कुरा वार्ड नम्बर ६ का अध्यक्ष दिवस पोखरेल ले अवलोकनको दौरान मा बताउनुभयो। उक्त अवसरमा पैदल यात्रिहरुले यस्तो कार्यक्रमले आफुहरुमा कसरी यात्राको क्रममा ट्राफिक लाईट प्रयोग गर्ने भन्ने कुरामा बुझ्न सजिलो भएको मा खुशी ब्यक्त गरेका छन ।






