संघ \संस्था

सुर्खेत महिला जेसीजद्धारा नारी दिवसमा कारागारका महिलाहरुलाई डस्विन वितरण


बाहुण्डाँगी । सुर्खेत महिला जेसीजले जिल्ला कारागार सुर्खेतमा रहेका महिलाहरुका लागि फोहर व्यवस्थापनका लागि डस्टवीन वितरण गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर कारागारमा रहेका महिलाहरुलाई १२ वटा डस्टवीन वितरण गरिएको हो ।
‘महिला दिवसको अवसर पारेर सुर्खेत उद्योग वाणिज्य संघको सहयोगमा कारागारभित्रको फोहर व्यवस्थापनका लागि डस्टवीन वितरण गरेका हौं,’ अध्यक्ष सीता भण्डारीले भनिन्, ‘डस्टवीनसँगै पानी खाने बोत्तल पनि उपलब्ध गराएका छौं ।’ सुर्खेत कारागारभित्र ४४ जना महिला कैदी÷बन्दी छन् । उनीहरुसँगै पाँच जना बालबालिका पनि कारागारभित्र छन् ।


कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल, उपाध्यक्ष प्रेम रावत, कोषाध्यक्ष आरपी पाण्डे, पूर्व अध्यक्ष धनबहादुर रावत, कारागार कार्यालय सुर्खेतका निरज बस्नेत, सुर्खेत महिला जेसीजका पूर्व अध्यक्ष शुष्मा गिरी, कृति गुभाजु शाक्य, लक्ष्मी गुरुङलगायतको सहभागीता रहेको थियो ।कार्यक्तमको सञ्चालन महासचिव कमला बस्यालले गर्नु भएको थियो ।