बाहुण्डाँगी ।बुधबारे जेसिज र होक्से युवा क्लबको आयोजनामा होलि मिलन कार्यक्रम सम्पन्न भएको छ।होलि पर्वको अवसरमा दुइ सस्थाले समाजका सबै वर्गाका मानिसहरू बिच रङ खेल्दै कार्यक्रम गरेको हो।
मंगलबार बुद्धशान्ति १ स्थित होक्से चोकमा विविध कार्यक्रम गरी होलि मनाईएको हो बुधबारे जेसीजका महासचिव जेसी कुशल अधिकारीले जानकारी दिए। होलि मिलन कार्यक्रम सँगै एकआपसको काँध चढि हण्डि झार्ने, बाँसको लिङ्गोबाट भाले झार्ने र महिलाहरुका लागी हण्डी फुटाउने खेल आयोजना गरिएको थियो।

एभरेस्ट साबुन उध्योग होक्से पोलि क्लिनिक प्रा लि ,द रिभर ओभरसिज तथा लाहुरे होटल एण्ड लज ले प्रायोजन गरेको कार्यक्रमको संयोजक बुधबारे जेसीज तथा होक्से युवा क्लब का सदस्य जेसी बिभिषण वाग्ले रहेका थिए।कार्यक्रममा बुधबारे जेसीजका अध्यक्ष जेसी अर्जुन ढकाल, होक्से युवा क्ल्बका अध्यक्ष बालकुमार राई, बुधबारे जेसिज का मानार्थ सदस्य जेसि दिपेन सिटौला बुधबारे जेसीजका नि वर्तमान अध्यक्ष सिनेटर मुकेश भट्टराई, पुर्व अध्यक्ष जेसि नन्दकुमार याफु राई , हेमन्त बराल प्रकाश भण्डारी रमेश बराल सेमन्त पोख्रेल को बिशेष आथित्यता रहेको कार्यक्रम मा पुर्व अध्यक्ष जेसि सेमन्त पोख्रेल ,नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष एवं उक्त कार्यक्रमका प्रमुख अतिथी बिरबहादुर बेघा लगायतले होलि पर्व र यसको महत्व बारे बिचार राखेका थिए। कार्यक्रममा स्थानीय संघ(सस्थाका प्रतिनिधि,राजनीतिक दलका प्रतिनिधि एवं ठुलो संख्यामा स्थानीयको उपस्थिति रहेको थियो।

अतिथिहरु त्रिभुवन माविका अध्यक्ष खड्ग बहादुर तिम्सिना ‘पवन’, साना शहरी खानेपानीका पुर्ण सन्जेल, तिनतले सामुदायिक वनका पुरन बराल, समाजसेवी मोहन तिम्सिना, होक्से कृषी सहकारीका चन्द्रमणि बराल,सुन्दर थापा, साना शहरी खानेपानीका उपाध्यक्ष चन्द्र कोइराला लगायतको उपस्थिति थियो।
झण्डै २० फिट उचाइमा राखिएको हाडि फुटाएर धनविर तामाङको टिमले नगद ५ हजार १ सय जित्न सफल भएको थियो भने कला ढकालले महिला तर्फको हाडि फुटाउने खेल जितेकी थिइन्। बाँस को लिङो चढेर भाले झार्ने खेल मा आयोजक होक्से युवा क्लब का सदस्य ले भाले लान सफल भएका थिये ।

