मेचीनगर । झापाको मेचीनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर – ४ का ४५ वर्षीय पुष्ट बहादुर कडरिया रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कडरिया बुधवार बिहान ७ बजे घर नजिक काँकरभिट्टा बाहुण्डाँगी सडक छेउको काभ्रा रुखमा चढेर घाँस काट्ने क्रममा बिजुलीको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते भएका उनको उपचारको लागि अस्पताल लौजाँदै गर्दा मृत्यु भएको थियो ।
उनको आज नै स्थानीय मेची खोलामा अन्तिम दाहसंस्कार गरिसकेको परिवारस्रोतले जनाएको छ । मृतक कडरियाको श्रीमती र एक ७ बर्षिया छोरी छिन् ।

