शिक्षा संघ \संस्था

होलीबेल फुटबलको उपाधी हिमालयन एकाडेमीलाई

बाहुण्डाँगी । प्लस टु होलीबेल इङ्लिस सेकेण्डरी स्कुलले आयोजना गरेको अन्तर मावि ( कक्षा ११ र १२ ) स्तरीय नकाउट फुटबल प्रतियोगिताको उपाधी हिमालयन इङ्लिस एकाडेमी धुलावारीले जितेको छ ।
बुधवार होलीबेलको खेलकुद मैदानमा सम्पन्न प्रतियोगितामा सुर्याेदय इङ्लिस सेकेण्डरी स्कुललाई फाइनल खेलमा ५–० को फराकिलो गोल अन्तरले हराउँदै उपाधी जितेको हो ।


पढाइसँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागि गराउने उदेश्यले आयोजना गरेको प्रतियोगितामा मेचीनगरका ४ वटा मावि (११ र १२ ) का विद्यार्थीहरु सहभागि भएको थिए । पहिलो खेलमा प्राविधि क्षेत्रको धुलावारी क्याम्पस र होलीबेललाई हराउँदै फाइनलमा प्रवेश गरेका थिए ।
विजेता खेलाडीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बस्नेत, विद्यालयकी प्रिन्सिपल अरिस्ता प्रधान, संस्थापक अमृता प्रधानले ट्रफ्री र मेडल प्रधान गर्नु भएको थियो । शिक्षक दिपेश पाठकको संयोजकमा भएको कार्यक्रमको सञ्चालन शिक्षक सुरज कार्कीले गर्नु भएको थियो ।