बाहुण्डाँगी । बस्तीपुर जेसीज हाँडीखोलाले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुधबार हेटौंडा–१९ स्थित तपोवन सम्मानका साथ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नारी सम्मान कार्यक्रमको आयोजना गरेको छ । पाचौँ कार्यक्रमअन्तर्गत तपोवन सरसफाई र छैठौं कार्यक्रमअन्तर्गत नारी सम्मान कार्यक्रम आयोजना गरिएको हो ।
जेसीजका सन्तोष ढकालको संयोजकत्वमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सदस्य राजु घलेको प्रमुख आतिथ्यता रहेको थियो । बस्तीपुर जेसीज हाँडीखोलाका वर्ष २०२३ का अध्यक्ष प्रेम गोङ्बाले कार्यक्रमको अध्यक्षता गरेका थिए । जेसीजका प्रविण रिमालको संयोजकत्वमा भएको नारी सम्मान कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो ।

महिला दिवसको अवुसरमा राजनीतिक बिधातर्फ सीता पुलामी मगर सङ्गघ सस्था बिधातर्फ मनिला बिष्ट, सामाजिक बिधामा योगमाया न्यौपाने, महिला उद्यमीमा शान्त अधिकारी, पिछडिएको वर्गमा कान्छी माया बोटे, राजनीतिक विधामा जानकी लामा, खेलकुदमा धनमाया थिङ, रिजा रुम्बा र निर्मला लो गरी ९ जनालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल जेसीज राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रश्मि बस्नेत, मनहरि ८ वडा अध्यक्ष नाराण उप्रेती , हेटौंडा लेडि जेसीज बर्ष २०२३ अध्यक्ष, दिलु घर्तीलगायत विभिन्न सङ्घ सस्थाको पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

