काठमाण्डौं, श्रावण १५ । विश्वमा मान्छे नै हो जो अनेक थरी कुराहरु गर्न मन पराउँछ । यस्तै आफुलाई सर्पले डसेको झोकमा एक व्यक्तिले उल्टै सर्पलाई टोकेका छन् । यो घटना छिमेकी मुलुक भारतको गुजरातस्थित महिसागर जिल्लामा भएको हो । जहाँ मान्छे र सर्पबीच टोकाटोक भएको थियो । गएको शनिबार एक जना मानिसलाई सर्पले खेतमा डस्यो र ति मानिसले पनी सर्पलाई चपाईदिए । दुखद् कुरा त के भने यो घटनामा ती व्यक्ति र सर्प दुवैको मृत्यु भयो । मृत्यु हुनेमा ६० वर्षका पर्वत गाला रहेका छन् ।
गालाले पहीलापनि धेरै सर्प समाएकाले आफू नडराउने भनिरहेका थिए । उनले उक्त सर्प समाते पछि सर्पले उनको हात तथा अनुहारमा डस्यो । आफूलाई सर्पले डसेपछि ती व्यक्तिले सर्पलाई आफ्नो दाँतले चपाएर मारिदिए । सर्पको विष लागेपछि उनलाई तत्कालै स्थानीय अस्पतालमा लगियो । तर उनको अवस्था नाजुक भएकाले अर्को ठूलो अस्पतालमा रिफर गरियो तर उनलाई बचाउन सकिएन् ।

