संघ \संस्था

इमाडोल जेसीजद्धारा महिलाहरुलाई सेनीटरी प्याड बनाउने तालिम

बाहुण्डाँगी । अन्तराष्ट्रिय महिला दिवस अवसर पारेर इमाडोल जेसीजले महिलाहरुलाई एक दिने वातावरण मैत्री सेनेटरी प्याड बनाउने तालिम प्रदान गरिएको छ । कार्यक्रम महालक्ष्मी नगरपालिका वडा नम्बर १को कार्यलयमा शनिबार सम्पन्न भएको हो ।


कार्यक्रमका प्रमुख अतिथी महालक्ष्मी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष छिरिङ लामाले इमाडोल जेसीजले समुदाय संग सहकार्य गर्दे कार्यक्रम गरेकोमा खुशि लागेको बताउदै आगामि दिनहरुमा स्थानीय सरकार र इमाडोल जेसीज बिच अन्य थप सहकार्य हुने बताए ।


त्यस्तै इमाडोल जेसीज बर्ष २०२३ का अध्यक्ष कृती भट्टराईले समुदायका महिलाहरुलाई थप सचेतनाको आवस्यकता औलाउदै, महिलाहरुलाई ब्यवहारीक र आर्थिक जिवनमा प्रभावकारी हुने प्रशिक्षणहरु दिन सके मात्र आत्मनिर्भरताको बाटोमा सुधार हुन सक्ने बताउदै, यसका लागि अन्य कार्यक्रमहरु ल्याउने प्रतिबद्धता ब्यक्त गरिन् ।


कार्यक्रममा हाम्रो स्वास्थ्य साझा सरोकारका एक अभियन्ता अनुपा श्रेष्ठले वातावरणमैत्री सेनेटरी प्याडको महत्व र प्रभावकारीताका बिषयमा स्थानिय महिलाहरुलाई जानकारी प्रदान गरेकी थिइन् ।
त्यस्तै हाम्रो स्वास्थ्य साझा सरोकारका प्रशिक्षक राज्यलक्ष्मि श्रेष्ठले कपडाबाट सेनेटरी प्याड बनाउने तालिम दिएकी थिइन् । तालिममा सहभागी महिलाहरुले प्रशिक्षण उपलब्धिमुलक तथा जनचेतनामुलक रहेको गरिएको बताउदै यस्ता तालिमहरु अझै थप आवस्यक रहेको बताएका थिए ।