संघ \संस्था

मेचीनगर : खुल्ला सिमानाकाबाट हुने जोखिमको बिषयमा सरोकारवाला निकायका प्रमुखसंग अन्तरक्रिया

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले खुल्ला सिमानाकाबाट हुने जोखिमको बिषयमा सरोकारवाला निकायका प्रमुखहरूसंग अन्तरक्रिया गरेको छ ।

बिहिबार नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा मेची नगरको सभाहलमा आयोजित अन्तरक्रियामा कोशी प्रदेश सभाका सदस्य गोपाल तामाङसहित झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, आन्तरिक राजस्व कार्यालय झापा प्रमुख शुभप्रसाद रिजाल, जिल्ला प्रहरी कार्यालय झापा प्रमुख एसपी दुर्गाराज रेग्मी, सशस्त्र प्रहरी बल २ नं गण प्रमुख एसपी देवराज अर्याल, राष्ट्रिय अनुसन्धान कार्यालय प्रमुख तुलसी प्रसाईंलगायतले छलफलमा उठेका बिषयमा सहजीकरण गरेका थिए ।

अन्तरक्रियामा भारतीय कुखुरा अवैध रूपमा नेपाल निर्यात, स्थानीय क्षेत्रमा उत्पादित सुपारी ओसारपसारमा समस्या, अव्यवस्थित भारतीय नम्बर प्लेटका गाडी समस्या, हात्ती समस्या र खुल्ला सिमानाकामा लागुऔंषाध ओसारपसारलगायतका समस्याहरूको बिषयमा सम्बन्धि निकाय र सरोकारवाला व्यक्तिहरूको उपस्थितिमा अन्तरक्रिया सम्पन्न भएको थियो ।

मेचीनगर प्रमुख प्रशासकीय अधिकृत होम भण्डारीले सञ्चालन गरेको अन्तरक्रिया कार्याक्रममा नगर प्रमुख बुढाथोकीले स्वागतसहित कार्यक्रमको औचित्यमाथी प्रकाश पारेका थिए । कोशी प्रदेश सभाका सदस्य तामाङको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुखसंगै मेचीनगर १ का वडाध्यक्ष राजकुमार राई, ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, ६ का वडाध्यक्ष ललित बहादुर तामाङ, मेचीनगर आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्की, नेपाल सुपारी खेती विकास संस्था केन्द्रीय उपाध्यक्ष, तथा झापा सुपारी जोनका पुर्व संयोजक निलकण्ठ तिवारी, जिल्ला कुखुरा व्यवसायी संघ झापा अध्यक्ष विवेक निरौला, मेची कृषक बहुमुखी सहकारी संस्थाका दुर्गा सापकोटा, मेची मासु सहकारी संस्थाका भगिरत राईलगाय सहभागी किसान र व्यवसायीले बोलेका थिए ।