संघ \संस्था

मेचीनगर : जनताको समस्या समाधान गर्न सक्रिय जनप्रतिनिधि

मेचीनगर । विगत लामो समयदेखि मेचीनगर ८ सूर्योदय टोल स्थित आयबारीको बाटोको कल्बडमा खाल्टो (भौरी) पर्दा आवत जावतमा समस्या हुँदै आएको थियो । त्यसलाई मध्यनजर गर्दै मेचीनगर भौतिक पुर्वधार बिकास समिति संयोजक चित्र धिमालको सक्रियतामा आज उक्त बाटोको समस्या समाधान भएको छ । योसंगै अब सो बाटामा आवतजावत गर्न सहज भएको छ ।

कालोपत्रे सडक भेट्न करिब एक सय मिटरको दुरीमा बाटो खाल्टो पर्दा बाईक, साइकललगायतका साधानलाई समस्या हुने गरेको स्थानीय बताउँछन् । तर आज एक सय बढी टेक्टर परुवा हालि बाटो मर्मत भएसंगै त्यो समस्या नरहेको उनीहरुको भनाई छ । स्थानीय समाजसेवी अर्जुन पोख्रेल र मीना राजवंशीले समस्या समाधानको लागि चासो राखेसंगै आफुले तत्काल सो बाटोको समस्या हल गर्न लागेको मेचीनगर भौतिक पुर्वधार बिकास समिति संयोजक धिमाल बताउँछन् ।

धिमालका अनुसार आज सोहि वडाका क्षेत्रमा खानेपानी विस्तारका लागि पाँच सय मिटर खानेपानीको पाइप विस्तार गरी चाँडै नै स्वच्छ पिउने पानी वितरण गरिने जनाए ।