काठमाडौं, पुस २० । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई लिएर उपचारका लागि भारत जाने भएका छन् ।
आइतबार पेरिसडाँडामा बसेको प्रचण्ड–माधव नेपाल समूहको बैठकमा उनले आफू पत्नीलाई लिएर सोमबार भारतको मुम्बई जाने जानकारी दिएका थिए ।
सीता एक किसिमको पार्किन्सन जस्तो देखिने रोगबाट पीडित छिन् । केही दिन अगाडि मेडीसिटी अस्पतालमा उपचार गराएर हाल घरमै आराम गरिरहेकी छिन् ।

