संघ \संस्था

भकुण्डेबेसी जेसीजको नेतृत्व सुदर्शन चिमोरियालाई

बाहुण्डाँगी, पुस २० । भकुण्डेबेसी जेसीजको २०२१ को नेतृत्व सुदर्शन चिमोरियाले लिएका छन् ।

शनिवार सम्पन्न शाखाको १० औँ शाखा अधिवेशन तथा ११ औँ वार्षिक साधरणसभाले चिमोरियालाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरिएको हो ।

शाखाको कार्यकारीणी उपाध्यक्षमा सुमन दाहाल, शिव न्यौपाने, उपाध्यक्षहरुमा हरिराम खड्का, लक्ष्मीराज चिमोरिया, शिरिष तपलिया र रञ्जु उप्रेती निर्वाचित भएका छन् । यसैगरी नवनिर्वाचित अध्यक्ष चिमोरियाले शाखाका कानुनी सल्लाहकारमा प्रमोद कुमार काफ्ले, कोषाध्यक्षमा बद्रीप्रसाद अधिकारी, र महासचिवमा श्रीहरि अधिकारीलाई मनोनित गर्नु भएको छ ।

२०२० का शाखा अध्यक्ष श्रीकृष्ण अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरु जेसीआई सिनेटर रुकमणी सिग्देल, हरिहर अधिकारी, यन्त्रनाथ खनाल, मोदनाथ अधिकारी, कपलि कोइरालालगायतको सहभागिता रहेको थियो ।