संघ \संस्था

विराटनगर जेसीजका अध्यक्ष प्रदिप दाहालद्धारा पदभार ग्रहण

बाहुण्डाँगी, २० पुस । विराटनगर जेसिजको ४८ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
शनिवार विराटनगरमा आयोजित विशेष समारोहका बिच २०२० का अध्यक्ष उज्जवल खरेलले २०२१ का अध्यक्ष प्रदिप दाहाललाई आफ्नो गलमा भएको जेसीज चेन हस्तान्तरण गर्दै नयाँ कार्य समितिलाई नेतृत्व हस्तान्तरण गरेका थिए । साथै नव निर्वाचित अध्यक्ष तथा सिंगो टिमलाई सपथ ग्रहण गराईको थियो ।

यस अघि भएको साधारणस।भाबाट शाखाका वरिष्ठ कार्यकारीणी उपाध्यक्षमा देवचन्द्र घिमिरे, कानुनी सल्लाहकारमा तुलसी निरौला, तालीम निर्देशकमा अभिनाष थापा कार्यकारिणी उपाध्यक्षमा संतोष आचार्य र पंकज सापकोटा, महासचिवमा कबिराज दाहाल, कोषाध्यक्ष पुजा शर्मा,उपाध्यक्षमा सुभाष भण्डारी, गोमा भण्डारी, शिव शंकर मण्डल र प्रवेश दुलाल चयन भएका निर्वाचन आयुक्त तथा शाखाका निवर्तमान अध्यक्ष शेवक बजगाईले बताउनु भयो । यसैगरी जन सम्पर्क अधिकारीमा सुरेन शाक्य,सहसचिव जेसि अभिषेक भट्टराई,प्रकरण निर्देशकमा जीवन निरौला, शाखा सम्पादकमा सिदार्थ शाह, नयाँ सदस्य वृद्धि संयोजकमा रमेश अधिकारी, जुनियर जेसिज संयोजकमा मिलाप कर्ण, आर्थिक वृद्धि संयोजकमा बिकास रौनियार, प्रमुख सल्लाहकारमा सिनेटर फुलकुमार लालवानी, जेसिज सम्मान तथा अवार्ड सिफारिस संयोजकमा टिपि आचार्य चयन भएका छन् ।साथै केही पदहरुमा सोही कार्यक्रममा मनोनित गरिएको थियो ।

यस्तै अवार्ड बितरण संयोजक राजेन्द्र थपलिया, पुर्व अध्यक्ष क्लब अध्यक्षमा राजेन्द्र घिमिरे र बोर्ड अफ ट्रस्टी अध्यक्षमा टिकाराज ढकाल चयन भएका छन् । बिराटनगर जेसिजले मातृत्व प्रदान गरेका शाखा बाट नेपाल जेसिजमा राष्ट्रिय उपाध्यक्ष जित्न सफल धरान जेसिज २०२० का अध्यक्ष दिपेन्द्र निरौला, दुहबी जेसिज २०२० का अध्यक्ष बिमला सुवेदी, जनकपुर जेसिज २०२० का अध्यक्ष गौतम शाह र तरहरा जेसिज बर्ष २०२० का अध्यक्ष सुनिल तिमल्सिनालाई सम्मान गरेको छ ।


यस्तै उत्कृष्ट संचालक समिती सदस्य अवार्ड जनसम्पर्क अधिकारी प्रवेश दुलाल, उत्कृष्ट सामाजिक परिचालन संयोजक अवार्ड बिकास रौनियार, उत्कृष्ट सदस्य अवार्ड कबिराज दाहाल, उत्कृष्ट पर्यवेक्षक अवार्ड दिपा ओडारीलाई प्रदान गरिएको छ ।


यस्तै विभिन्न महिना मा उत्कृष्ट हुने देवचन्द्र घिमिरे, तुलसी निरौला, बिकास रौनियार, अभिनाष थापा, पंकज सप्कोटा, गोमा भण्डारी, पुजा शर्मा, सनराइज चौधरी, बिज्ञान बस्नेत, रमेश अधिकारी, कबिराज दाहाल, सहसचिव जेसि अभिषेक भट्टराई र प्रीतेस राज दाहाललाई पनि अवार्ड प्रदान गरीएको छ ।
उक्त कार्यक्रममा बिराटनगरका विभिन्न सामाजिक संस्थाका प्रमुख, राजनीतिक दलका नेता, समाजसेवी, साहित्यकार, पत्रकार, बुद्धि जिवि, सुरक्षाकर्मी र जेसिज क्षेत्र ‘क’ भरीका शाखाबाट २०१८, २०१९, २०२० र २०२१ का अध्यक्षहरु र अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।


शाखा अध्यक्ष उज्जवल खरेलको सभापतित्व तथा विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सिनेटर फुल कुमार लालवानी, नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष सिनेटर अरुण दाहाल, नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष श्याम सुन्दर पौडेल (मिलन) बिशिष्ट,अतिथि रहेका थिए ।

साथै २०२० र २०२१ को संयुक्त बैठक पनि सम्पन्न भएको छ ।