संघ \संस्था

वीरता जेसीजको अध्यक्षमा राजिव धिमाल सर्वसम्वत निर्वाचित

बाहुण्डाँगी, २० पुस । वीरता जेसीजको बर्ष २०२१ को लागि राजिव धिमाल अध्यक्षमा सर्वसम्वत निर्वाचित हुनु भएको छ।
लामो समयदेखि वीरता जेसीजमा आबद्ध धिमालले शाखामा रहेर विभिन्न पदमा रहेर आफ्नो जिम्मेवारी पुरा गरेका अनुभवी व्यक्ति हुनुहुन्छ । धिमाल विर्तामोडमा रहेको उत्कृष्ट विद्याल य टावर टेम्पल बोर्डिङ स्कुलका प्रिन्सिपल हुन् ।

वीरता जेसीजको ४० औं अधिवेशनबाट धिमाल सर्वसम्वत निर्वाचित भएका हुन । अध्यक्ष पदका लागि धिमाल सहित धनश्याम चौधरी, प्रविण खड्का, दिवाकरलाल चौधरी, दिवाकर प्रसाई, प्रकाश सुवेदी, जीवनकुमार खड्काको उम्मेदवारी रहेको थियो ।

अरु ६ जना उम्मेदवारले सहमती सहकार्य र एकताको संदेश प्रभाव गर्दै जेसीज सदस्यहरुलाई एक ढिक्का बनाएर अघि बढन सहजता होस् भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । त्यसैगरी अन्य पदाधिकारीहरु पनि निर्वाचित भएका छन । एक साता लामो आन्तरिक छलफल पछि अन्तत धिमाल अध्यक्षमा सर्वसम्वत हुन सफल भएका हुन् ।

निर्वाचित हुनेहरुमा कानुनी सल्लाहकारमा प्रविण खड्का, सहसचिव टिकाराम खतिवडा, उपाध्यक्षमा जनक खड्का, कृष्ण अग्रवाल, अमरद्विप साह, सुरज चौधरी रहेका छन् । जनसम्पर्क अधिकारी अनन्तलाल महतो, प्रकण निर्देशक कमल श्रेष्ठ, तालिम संयोजक प्रभात मास्के सर्वसम्वत निर्वाचित भएको निर्वाचन निर्देशक निर्वमान अध्यक्ष विशाल थापाले जानकारी दिए ।

जेसीजका विभिन्न पदका लागि पदाधिकारीहरु चयन भए कार्यकारी उपाध्यक्षमा सर्वसम्वत हुन सकेको छैन । उक्त पदका लागि २ जना चयन हुनुपर्नेमा अहिले ३ जना कुशल खतिवडा, विकास बस्नेत र अशोक चौधरीको उम्मेदवारी रहेको छ, सो पदका लागि पनि सहमतीको प्रयास भई रहेको थापाले बताए ।

महासचिव र कोषाध्यक्षको पदमा नव निर्वाचित अध्यक्षले पदाधिकारी चयन गर्न पाउने प्रावधान भएकाले पदहस्तान्तरण समारोहमा उक्त पदका लागि मनोनित नाम सार्वजनिक गरिने बताईएको छ ।