बाहुण्डाँगी । गत पौष १८ गते सम्पन्न सुर्खेत महिला जेसीजको ११ औं वार्षिक साधारण सभाबाट निर्वाचित अध्यक्ष मनिषा कौशल लगाएतका पदाधिकारीहरुलाई पद हस्तान्तरण गरिएको छ ।
नवनिर्वाचित बर्ष २०२२ का अध्यक्षलाई बर्ष २०२१ का अध्यक्ष लक्ष्मी गुरुङ्गले पद हस्तान्तरण गर्नु भएको हो । नवनिर्वाचित अध्यक्ष कौशलले शनिबार नै संस्थाको महासचिव पदमा मीना गुरुङ्ग र कोषाध्यक्षमा रञ्जना बुढालाई चयन गर्नु भएको छ ।

त्यस्तै सुर्खेत महिला जेसीजको ११ औं वार्षिक साधारण सभाबाट कार्यकारिणी उपाध्यक्षमा सीता भण्डारी र कमला बस्याल, उपाध्यक्षमा प्रमीला थापा सुगन पोखरेल, विन्दु पुरी र यशोदा खत्री चयन भएका थिए ।
यसैगरी, कार्यक्रममा उत्कृष्ट वर्ष जेसीज अवार्ड निवर्तमान महासचिव सीता भण्डारीलाई प्रदान गरिएको छ भने उनलाई उत्कृष्ट नारी सम्मान दिइएको छ ।
त्यस्तै, जेसीज क्रियाकलापमा सर्वाधिक संलग्नता अवार्ड कमला बस्याल र उत्कृष्ट जेसीज सप्ताह कार्यक्रम संयोजक अवार्ड रश्मी शाक्यलार्ई प्रदान गरी सम्मान गरिएको छ ।
सुर्खेत महिला जेसीज बर्ष २०१३ का अध्यक्ष ज्योती कार्की पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पूर्व अध्यक्षहरुले बर्ष २०२१ का अध्यक्ष लक्ष्मी गुरुङ्गको गलामा रहेको अध्यक्ष माला बर्ष २०२२ का नवनिर्वाचित अध्यक्ष मनिषा कौशललाई लगाइदिनुभएको थियो ।
कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरु कृति गुभाजु शाक्य, सिया प्रधान कार्की, निवर्तमान अध्यक्ष प्रमि शाक्य, निर्मला सुवेदी, सुष्मा गिरी, प्रतिमा मल्लाहको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको पहिलो चरण २०२१ की महासचिव सिता भण्डारी तथा दोस्रो चरणको कार्यक्रम २०२२ की महासचिव मिना गुरुङ्गले सञ्चालन गर्नु भएको थियो ।

