संघ \संस्था

गल्याङ जेसीजको अध्यक्षमा गोपिकृष्ण रेग्मी

गल्याङ जेसीजको अध्यक्षमा
बाहुण्डाँगी, २० पुस । गल्याङ जेसीजको अध्यक्षमा गोपिकृष्ण रेग्मी निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न अधिवेशनबाट वर्ष २०२१ को लागि रेग्मी सर्वसहमतिमा निर्वाचित हुनुभएको हो ।
गल्याङ जेसीजको कार्यकारिणी उपाध्यक्षमा ज्ञानेन्द्र पाठक र प्रतिमा भट्टराई चयन हुनु भएको छ । नवगठित समितको उपाध्यक्षमा रेश्मीराज न्यौपाने, केशव वस्याल, हेमा न्यौपाने र सुनिल पाठक चयन भएका प्रमुख निर्वाचन अधिकृत अमृत अर्यालले जानकारी दिनुभयो । अन्य पदहरुमा भने पदहस्तान्तरण कार्यक्रममा मनोनित गरिनेछ ।

कार्यक्रमको उद्घाटन गर्दै कांग्रेसका युवा नेता गुरु प्रसाद भट्टराईले जेसीजमा लाग्ने युवाहरु परिवर्तनका संवाहक भएको बताउनु भएको छ। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नेता भट्टराईले राष्ट्र र समाजको गतिलाई सकारात्मक ढंगले अगाडि बढाउनका लागि जेसीजको आस्थामा समेटिएका भावनाहरुलाई व्यवहारमा उतार्न आग्रह गर्नु भयो, उहाँले भन्नुभयो,‘देशको बिषम परिस्थितीले पनि हामी जस्ता युवाहरुको काँधमा गहन जिम्मेवारी रहेको स्पष्ट पारेको छ ।’


युवाहरु अव उद्यमी समेत बन्नु पर्ने भन्दै युवा नेता भट्टराईले देशको मुहार फेर्नका लागि युवाहरुमा उद्यमशीलताको बिकास अपरिहार्य रहेको बताउनु भयो । सामुहिक भावनाले अगाडि बढ्दै उद्यमी बन्नुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रम मातृशाखा वालिङ जेसीजका पुर्व अध्यक्ष एवम् भिरकोट ५ का वडाअध्यक्ष लक्ष्मण अधिकारी , नेपाल जेसिजका पुर्व राष्ट्रिय उपाध्यक्ष अमृत अर्याल, प्रेस युनियन स्याङ्जाका निवर्तमान अध्यक्ष श्रीकृष्ण सिग्देल लगायतले बोलेका थिए ।
गल्याङ जेसिज बर्ष २०२० अध्यक्ष दर्वेन्द्रदेव खनालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन महासचिव खगेन्द्र भण्डारीले गर्नु भएको थियो । कार्यक्रममा गल्याङ जेसीजका संस्थापक अध्यक्ष शिव खनालको स्वागत मन्तव्य र कानुनी सल्लाहकार विष्णु अधिकारीको धन्यवाद गर्नु भएको थियो

। कार्यक्रम मातृशाखा वालिङ जेसीजका पुर्व अध्यक्ष एवम् भिरकोट ५ का वडाअध्यक्ष लक्ष्मण अधिकारी , नेपाल जेसिजका पुर्व राष्ट्रिय उपाध्यक्ष अमृत अर्याल, प्रेस युनियन स्याङ्जाका निवर्तमान अध्यक्ष श्रीकृष्ण सिग्देल लगायतले बोलेका थिए ।
गल्याङ जेसिज बर्ष २०२० अध्यक्ष दर्वेन्द्रदेव खनालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन महासचिव खगेन्द्र भण्डारीले गर्नु भएको थियो । कार्यक्रममा गल्याङ जेसीजका संस्थापक अध्यक्ष शिव खनालको स्वागत मन्तव्य र कानुनी सल्लाहकार विष्णु अधिकारीको धन्यवाद गर्नु भएको थियो ।