मेचीनगर । मेचीनगर नगरपालिका अन्तर्गतका सुत्केरी महिला लाई पोषिलो खानेकुरा वितरण गरिएको छ । सोमबार मेचीनगर ३ मा एक कार्यक्रमको आयोजना गरी सुत्केरी महिला लाई पोषिलो खानेकुरा वितरण गरिएको हो ।

पोसिलो खानेकुरा ्को अभावमा हुनसक्ने मातृ तथा शिशु मृत्युदर न्युनिकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमबाट यस नगरका सुत्केरी आमा हरु लाभान्वित हुने अपेक्षा गरिएको मेचीनगर स्वास्थ्य शाखाले जनाएको छ । यस कार्यक्रम भित्र समेटिन कम्तीमा चार पटक सरकारी स्वास्थ्य संस्थामा गर्भजाँच भएको, सरकारी अस्पतालमा प्रसूती भएको हुनुपर्ने मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाले बताइन् । उनका अनुसार वडामा जन्मदर्ता गराएको हुनुपर्नेछ।

मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेतीले सुत्केरी महिलालाई पोषिलो खानेकुरा वितरण कार्यक्रम महिलालाई स्वास्थ्य संस्थामा जाच गराउन, प्रसुती गराउन प्रोत्साहित गर्ने उद्येश्यले गरिएको बताइन् । उनले यस कार्यक्रमबाट नगरमा मातृ तथा शिशु मृत्युदर न्यूनीकरण गर्न सहयोग पुग्ने तथा स्वास्थमा महिलाको पहुँच सहज हुने बिश्वास लिएको बताइन् ।
सुत्केरी महिलालाई पोषिलो खानेकुरा वितरण गर्न सोमबार उपप्रमुख उप्रेतीसहित, प्रमुख प्रशासकिय अधिकृत महेश पराजुली, मेचीनगर ३ का वडाध्यक्ष हर्क बस्नेत, स्वास्थ्य शाखा प्रमुख निरौला, महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेल, स्वास्थ्य शाखा सहसंयोजक राम प्रसाद अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।