मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ ले वडाबासीलाई नि-शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । वडा कार्यालयले साउन १ गतेदेखि लागु हुनेगरी वडाबासीको लागि जिल्लाभर नि-शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको हो। वडाध्यक्ष अर्जुनकुमार कार्कीले चुनावी घोषणा बमोजिम आफ्नो नेतृत्वमा रहेको मेचीनगर-४ वडा कार्यालयले वडाका आकस्मिक तथा विशेष विरामीहरूलाई जिल्लाभर एम्बुलेन्स सेवा Read More…
Day: July 1, 2023
मेचीनगरले चिया बगानका रुखमा लगाइएका पहेँला स्टिकर हटाइने
मेचीनगर । मेचीनगर नगरपालिकाले चिया बगानका रुखमा प्रयोग गरिएका पहेँलो सङ्केत (स्टिकर) लाई हटाउने भएको छ । स्टिकरमा मौरीलगायतका मित्रुजीव टासिने भएकाले नीति नै बनाएर निरुत्साहित गर्न लागिएकाे नगरपालिकाले जनाएकाे हाे । नगरपालिकाले हालै सार्वजनिक गरेको बजेट तथा नीति कार्यक्रममै याे कुरा उल्लेख गरेको छ । नगर क्षेत्रभित्र टोकला, सतिघट्टालगायतका ठूला र साना गरी करिब Read More…
आचार्य बन्धु सेवा समाज : सम्मानदेखि अनाथ बालबालिका र बन्धुलाई दही-चिउरा खुवाउनेसम्म
मेचीनगर । आचार्य बन्धु सेवा समाज मेचीनगरले असार पन्द्रको अवसरमा अनाथ बालबालिका र बन्धुहरुलाई दही-चिउरा खुवाएको छ । असार पन्द्रको अवसर पारेर आचार्य बन्धु सेवा समाजले हिजो मेचीनगर-९ स्थित स्ववोध वाल केद्रमा गएर त्यहाँका अनाथ बालवालिकालाई दही-चिउरा र मिठाई खुवाएको हो । त्यस्तै एक कार्यक्रमको बिच मेचीनगरमा छरिएर रहेका कौडिन्य गोत्रका आचार्य बन्धुहरूलाई भेला पारेर Read More…



