राजनीति

युवा संघ नेपाल मेचिनगर १ र २ वडा कमिटिले गर्यो स्व. सुवासचन्द्र नेम्वाङको श्रद्धाञ्जली सभा

मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचिनगर १ र २ नं वडाकमिटीले नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । शनिबार साझ युवा संघ मेचिनगर १ र २ नं वडा कमिटीले गाडागल्ली बजारमा स्वर्गिय नेम्वाङलाई सम्झदै श्रद्धाञ्जली सभा आयोजना गरेको हो ।

राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेश कमिटि सदस्य रघुनाथ धिमालको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा मेचीनगर १ का वडाध्यक्ष रामकुमार राई, पूर्व वडाध्यक्ष तथा नेकपा एमाले मेचीनगर १ वडा इन्चार्ज पासाङ तामाङ, राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि सदस्य सरोज मेहेरा, मेचीनगर ४ का वडासदस्य पवन बराइली, चेतन हुमागाई, पूर्व जनप्रतिनिधि डिकेन्द्र थापा, राष्ट्रिय युवा संघ नेपालका कृष्ण श्रेष्ठ, सुरेन्द्र कन्दनवालगायतको आतिथ्यता रहेको थियो ।

राष्ट्रिय युवा संघ नेपाल मेचीनगर १ वडाकमिटि अध्यक्ष मोहन सुब्बाको अध्यक्षतामा आयोजना भएको श्रद्धाञ्जली सभाको सञ्चालन राष्ट्रिय युवा संघ नेपालका कमल गोलेले गरेका थिए ।