अर्थ

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

झापा । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर पाँच/पाँच रुपैयाँका दरले घटाएको छ। सोमबार राति १२ बजेदेखि लागू हुने गरी तेस्रो वर्ग (काठमाडौं, पोखरा र दिपायल)का लागि इन्धनको मूल्य घटाइएको हो। काठमाडौंको पेट्रोलको नयाँ मूल्य १७०, डिजेल र मट्टितेलको १५० रुपैयाँ पर्ने छ। दोस्रो वर्ग (सुर्खेत र दाङ) का लागि भाउ Read More…

अर्थ

बेसहाराको सहारा बन्दै सहारा नेपाल, तेतरिया सेवाकेन्द्रले दियो माझीलाई करिब ४ लाख

झापा । सहारा नेपाल साकोस तेतरिया सेवाकेन्द्रले सदस्य चन्द्रकला माझीको श्रीमानको मृत्यु भएपछि रु तीन लाख ८० हजार सहयोग गरेको छ । ग्रामथान ५ तेतरिया स्थित संचालित लघुबित्त कार्यक्रमकी सदस्य चन्द्रकलाको श्रीमानको केही समय अघि मृत्यु भएको थियोे । संस्थाबाट चन्द्रकलाले कर्जा स्वरुप तीन लाख लाख ८० हजार कर्जा लिएकी थिइन् । संस्थाको कर्जा सुरक्षण Read More…

संघ \संस्था

यस वर्षको प्रदेश उत्कृष्ट व्यवसाय पुरस्कार साना किसान कृषि सहकारी संस्था खुदुनावारी लाई

झापा । अर्जुनधारा नगरपालिका–३, खुदुनावारी झापा स्थित साना किसान कृषि सहकारी संस्थाले कोशी प्रदेश स्तरीय उष्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७९ बाट सम्मानित भएको छ । १०१ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाण्डौंमा आयोजित विशेष समारोहमा संस्थालाई नगद २५ हजार सहित प्रमाणपत्रले सम्मान गरिएको हो । राष्ट्रिय सहकारी महासंघले प्रत्येक वर्ष प्रदान गर्दै आएको सो पुरस्कार Read More…

संघ \संस्था

पूर्वाधार विकासमा मेचीनगर : प्राथमिकतामा ११ योजना

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले पूर्वाधार विकासमा ११ योजनालाई प्राथमिकतामा राखेको छ । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रसँगसँगै पूर्वाधार विकासमा ११ योजनालाई प्राथमिकतामा राखेको हो । नगरपालिकाले प्राथमिकतामा राखेको योजनामा अनुसार काँकरभिट्टामा बहुउद्देश्यीय बस टर्मिनल, विजनेस तथा बसपार्क निमार्ण गरिनेछ । खेलकुदलाई मध्यनजर गरि नगर क्षेत्रभित्र एउटा स्टुडियम निमार्ण गरिने र खेलमैदानहरुलाई व्यवस्थित गर्ने योजना रहेको Read More…

स्वास्थ्य

मेचीनगर-४ ले वडाबासीलाई नि-शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ ले वडाबासीलाई नि-शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । वडा कार्यालयले साउन १ गतेदेखि लागु हुनेगरी वडाबासीको लागि जिल्लाभर नि-शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको हो। वडाध्यक्ष अर्जुनकुमार कार्कीले चुनावी घोषणा बमोजिम आफ्नो नेतृत्वमा रहेको मेचीनगर-४ वडा कार्यालयले वडाका आकस्मिक तथा विशेष विरामीहरूलाई जिल्लाभर एम्बुलेन्स सेवा Read More…

विविध

मेचीनगरले चिया बगानका रुखमा लगाइएका पहेँला स्टिकर हटाइने

मेचीनगर । मेचीनगर नगरपालिकाले चिया बगानका रुखमा प्रयोग गरिएका पहेँलो सङ्केत (स्टिकर) लाई हटाउने भएको छ । स्टिकरमा मौरीलगायतका मित्रुजीव टासिने भएकाले नीति नै बनाएर निरुत्साहित गर्न लागिएकाे नगरपालिकाले जनाएकाे हाे । नगरपालिकाले हालै सार्वजनिक गरेको बजेट तथा नीति कार्यक्रममै याे कुरा उल्लेख गरेको छ । नगर क्षेत्रभित्र टोकला, सतिघट्टालगायतका ठूला र साना गरी करिब Read More…

धर्म संस्कृती

आचार्य बन्धु सेवा समाज : सम्मानदेखि अनाथ बालबालिका र बन्धुलाई दही-चिउरा खुवाउनेसम्म

मेचीनगर । आचार्य बन्धु सेवा समाज मेचीनगरले असार पन्द्रको अवसरमा अनाथ बालबालिका र बन्धुहरुलाई दही-चिउरा खुवाएको छ । असार पन्द्रको अवसर पारेर आचार्य बन्धु सेवा समाजले हिजो मेचीनगर-९ स्थित स्ववोध वाल केद्रमा गएर त्यहाँका अनाथ बालवालिकालाई दही-चिउरा र मिठाई खुवाएको हो । त्यस्तै एक कार्यक्रमको बिच मेचीनगरमा छरिएर रहेका कौडिन्य गोत्रका आचार्य बन्धुहरूलाई भेला पारेर Read More…