धर्म संस्कृती

सबैले आ–आफ्नो कला, संस्कृति बचाउनुपर्छ : उपप्रमुख उप्रेती

मेचीनगर । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले भाषा, कला र संस्कृति सबै समुदायको पहिचान भएकाले त्यसको संरक्षण गर्नुको विकल्प नरहेको बताएकी छिन् ।

बुधबार मेचीनगर– ६ काँकरभ्टिामा आयोजित नेवार समुदायको पन्द्रदिने लाखे तथा ठाक ठुके घिन्ताङ घिसी नृत्य प्रशिक्षण समापन समराोहमा बोल्दैं प्रमुख अतिथि समेत रहेकी उपप्रमुख उप्रेतीले सबैले आफ्नो पहिचान जोगाउन कला, संस्कृति बचाउनुपर्ने बताइन् । उनले कला, संस्कृति रहे मात्रै आफ्नो पहिचान रहने भन्दै त्यसतर्फ सबै लाग्नुपर्ने बताइन् । साथै उनले नगरभित्र रहेका कला, संस्कृतिको प्रवर्द्धनमा स्थानीय सरकार लागि परिरहेको बताइन् ।

मेचीनगरको आर्थिक सहयोग तथा नेवाः देय् दबु मेचीनगरको आयोजना एवम् नेवाः समाज समिति काँकरभिट्टाको सह आयोजनामा आयोजित लाखे तथा ठाक ठुके (घिन्ताङ घिसी) नृत्य प्रशिक्षणमा नगरका ३० जनाले प्रशिक्षण लिएका थिए । उनीहरुलाई किरण श्रेष्ठ र रोशन प्रधानले प्रशिक्षित गराएका थिए ।

समापन सत्रमा प्रमुख अतिथि उप्रेतीसंगै अतिथिहरु थर्कमान श्रेष्ठ, नेवाः देय् दबू, पूर्व केन्द्रिय सदस्य सुन्दरी श्रेष्ठ, पासा मुना पुचः नेवा खल बाहुण्डाँगी अध्यक्ष महेन्द्रराज मल्ल, पासा मुना पुचः नेवा खलः मेचीनगर–४ अध्यक्ष रोहित कुमार श्रेष्ठ, पूर्वी मेची बस व्यवसायी प्रालिका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ, होटल व्यवसायी संघ मेचीनगर अध्यक्ष सुरेश गोपल श्रेष्ठ, नेवाः समाज समिति अध्यक्ष तथा कार्यक्रम संयोजक कमल गुभाजुलगायतको उपस्थिती रहेको थियो ।

आयोजक संस्थाका अध्यक्ष उदयकुमार श्रेष्ठको अध्यक्षतामा भएको समापन समरोहमा स्वागत मन्तव्य महिला उपाध्यक्ष शोभा श्रेष्ठले गरेकी थिइन् । कार्यक्रम सञ्चालन संस्थाका सचिव ललितबहादुर प्रधान र सहआयोजक संस्थाका सचिव उषा श्रेष्ठले संयुक्तरुपमा गरेका थिए ।