मेचीनगर । मेचीनगर ६ काँकरभिट्टाकी ५७ बर्षिय सानी घिमिरेलाई वैदेशिक रोजगारीका लागि परदेश गएको छोरा बिगत ६ बर्षदेखि सम्पर्क बिहिन भएपछि उनको पिडा भनिसाध्य थिएन ।
नौं नौं महिना कोखमा राखेर जन्म दिएको जेठा छोरा गोपाल घिमिरे परदेशि भूमि मलेसियामा सम्पर्क बिहिन भएपछि उनलाई पर्नु बज्रपात परेको थियो । उनले आफ्नो छोरा सम्पर्कमा ल्याउन धेरै पहल गर्दा पनि सकेकी थिइनन् ।

घर परिवारको सुन्दर सपना बोकेर १६ बर्षअघि वैदेशिक रोजगारीका लागि परदेसिएको छोरा यतिका बर्ष बितिसक्दा पनि अत्तोपत्तो थिएन । मलेसियामा सम्पर्क बिहिन भएको छोरा स्वदेश आउने आशामा कुर्दाकुर्दै आफ्नै श्वास जाला जस्तो भइसकेको उनले बताइन् ।
छोराको बियोगमा नरोरएको दिन थिएन उनले भनिन् रुँदा रुदैं आँखाबाट आसु सुकिसकेका थिए । तर जब उनले आफ्नो बेदना मेचीनगरका पत्रकार समक्ष बुधबार पोखिन् त्यसले उनको दुखको आँसु केही घण्टामा नै सुखमा बदलिँदियो ।
सम्पर्क विहिन बनेको ३७ वर्षीय छोरा गोपाल मलेसियाको पोर्ट क्यालेङ भन्ने ठाउँको एनगेम एसडीमन कम्पनीमा काम गरिरहेको पत्ता लागेसंगै बिगतको तितो यथार्थ बिर्सेर उनमा फेरि नयाँ खुशिको मुना पलाएको उनले बताइन् ।