राजनीति

युवा संघ मेचीनगर : अध्यक्षमा सुरेन कन्दङ्वाको उम्मेदवारी

मेचीनगर । राष्ट्रिय युवा संघ मेचीनगरको अध्यक्षमा सुरेन कन्दङ्वाले उम्मेदवारी दिने भएका छन् । संघको भोलि हुने नगर अधिवेशनमा उनले आफ्नो उम्मेदवारी नगर अध्यक्ष पदमा रहेको बताए ।

मेचीनगर १ निवासी कन्दङ्वा युवा जमातमा लोकप्रिय छवि बनाएका व्यक्ति हुन् । उनले गाडागल्ली इनोभेटिक सोसाइटीको अध्यक्ष, गडागल्ली स्पोर्ट क्लबको अध्यक्षलगायतमा कुशलतापूर्वक नेतृत्व गर्दै आइरहेका छन् ।

पछिल्लो समय मेचीनगरमा युवा संघ दुई धुर्वमा विभाजित बनिरहेको छ । त्यसको अन्त्यका लागि आफ्नो उम्मेदवारी रहेको उनले बताए । उनका अनुसार आफुले नेतृत्व पाउनेमा विश्वस्त रहेको बताउँदै आफ्नो पहिलो कार्य भनेको युवाको विवाद मिलाउनु नै रहेका बताए ।