राजनीति

युवा संघ नेपाल मेचीनगर अध्यक्षमा राजवंशी निर्वाचित

मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटीको अध्यक्षमा सुनिल राजवंशी निर्वाचित भएका छन् । सोमबार नेकपा एमाले क्षेत्रिय पार्टी कार्यालय काँकरभिट्टामा सम्पन्न निर्वाचनमा अध्यक्षका प्रतियासी सुरेन कन्दङ्गवालाई २४ मतान्तरले पराजित गर्दै राजवंशी अध्यक्षमा निर्वाचित भएका हुन् ।

१५० जना मतदाता रहेको निर्वाचनमा राजवंशीले ८४ मत ल्याउँदा कन्दङ्गवाले ६० मत प्राप्त गरे ।

संघको सचिव पदमा राकेश खवास विजयी भएका छन् । उनले ८६ मत ल्याउँदा उनको प्रतियासी विशाल गिरीले ५८ मत ल्याए । त्यस्तै सहसचिव पदमा संजय पोखरेल विजयी भए । उनले ९२ मत ल्याइ विजयी हासिल गर्दा सोही पदको उम्मेदवार तेजन राजवंशीले ५२ मत प्राप्त गरे ।

समितिकाे उपाध्यक्ष, महिला सहसचिव र सदस्यहरूमा भने यस अघि नै सर्वसम्मत गरिएको निर्वाचन समिति संयोजक राजु कार्कीले जानकारी दिए । उनका अनुसार समितिको उपाध्यक्षमा न्युटन कार्की र महिला सहसचिवमा सुमि सोरेन सर्वसम्मत भएका थिए ।

शनिबारदेखि सुरू भएको प्रथम नगर अधिवेशन बिबादका कारण आइतबार निर्वाचन सोमबार बिहान ८ बजेदेखि गर्ने निर्णय गरि सारिएको थियो । जसमा आज सोवार्धपुर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको छ ।