मेचीनगर । बाहुण्डाँगी जेसीजले श्रीकृष्ण जन्माष्टमीको अवसरमा कृष्णथुम्की धाममा निःशुल्क पानी वितरण गरेको छ । सामाजिक कार्यसंगै मानवसेवामा सदैव समर्पित बाहुण्डाँगी जेसीजले मेचीनगर १ स्थित पूर्वको पवित्र धार्मिक तथा पर्यटकिय स्थल कृष्णथुम्की धाममा आउने दर्शानार्थी भक्तजनहरुलाई निःशुल्क पानी वितरण गरेको हो ।
अत्याधिक गर्मी भएको समयमा बिभिन्न स्थानबाट कृष्णथुम्की धाम दर्शन गर्न आएका भक्तजनहरुले बाहुण्डाँगी जेसीजले गरेको यस किसिमका कार्यको प्रशंसा गरेका छन् ।

निःशुल्क पानी वितरण कार्यक्रममा बाहुण्डाँगी जेसीज वर्ष २०२३ का अध्यक्ष केवल निरौला बर्ष २०२२ का अध्यक्ष हेमन्त मोक्तान, २०२१ का अध्यक्ष तथा मेचीनगर २ का वडाध्यक्ष दिपक बराल, वर्ष २०२३ का कार्यकारीणी उपाध्यक्ष सुस्मिता खतिवडा, महासचिव नित्यानन्द चम्लगाई, सामुल रायालगायतको उपस्थिति रहेको थियो ।

